७ बैशाख २०८१, शुक्रबार

 

प्रभु बैंकका सिइओ शेरचन सुप्रबल जनसेवा श्री पदकबाट विभूषित

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सुप्रबल जनसेवा श्री पदकबाट विभूषित भएका छन । । आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत शेरचनलाई राष्ट्रपति  विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवा श्री पदकद्वारा विभूषित गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७५ को अवसरमा घोषणा भएको समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई राष्ट्रपतिबाट मानपदवी तथा पदकद्वारा विभूषित गरिएको हो।

बागलुड बजारको राधाकृष्ण टोलमा जन्मेका शेरचनले प्रारम्भिक शिक्षा विद्यामन्दिर माध्यामिक विद्यालयबाट लिएका थिए। साहित्य ,संगीत र समाजसेवामा रुचि भएका शेरचनको नेतृत्वमा प्रभु बैंकले उल्लेखनीय प्रगति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्