१३ बैशाख २०८१, बिहीबार

 

ईंजिनियर युवतीमाथि नै डाक्टर जाइलागेपछि…

काठमाडौं । ईंजिनियरिङकी एक छात्रामाथि चेकजाँचका क्रममा डाक्टरले अश्लिल हर्कत गरेको खुलासा भएको छ । जब उनी चेक गर्न क्लिनिक पुगिन् त्यहाँ उनले नसोचेको कुरा व्यहोर्नुपर्यो । यो सनसनीपूर्ण घटना दिल्ली–एनसीआर नोएडाको हो ।

नोएडाको होम्योपैथिक क्लिनिक चलाइरहेका एक प्रख्यात डाक्टरले ईंजिनियर छात्राका साथ गलत हर्कत गरेको खुलासा भएपछि उनलाई प्रहरीले गिरफ्तार गरेको छ । नोएडा सेक्टर २० का प्रभारी निरीक्षक राजवीर सिंह चौहानका अनुसार २० वर्षीया छात्रा मृर्गी रोगबाट ग्रस्त थिइन् । उनी लामो समयदेखि त्यहाँ उपचार सेवा लिँदै आएकी थिइन् ।

राजवीरका अनुसार छात्रा मार्च १७ मा औषधी गर्न त्यहाँ गएकी थिइन् । डाक्टरले चेकजाँचका क्रममा उनीमाथि यौनदुव्र्यवहार गरेका थिए । औषधी गर्ने भन्दै उनले गलत काम गर्न शुरु गरे । पीडितले आफ्ना आमाबुवालाई भनेपछि घटना बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्