१६ चैत्र २०८०, शुक्रबार

 

गलकोटमा भीषण बाढी, पस्यो बस्तीमा (भिडियोसहित)

बागलुङ  । गलकोटमा आइतबार दिउँसाे भीषण बर्षासँगै खोलामा बाढी आएको छ । बाढिले गौधिखोला आसपासका क्षेत्र जोखीमा परेका छन् । वर्षाका करण गलकोट नगरपालिका – ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामग्री, टेका लगाएतका सामग्री बगाएको छ । खोलाले गलकोट नगरपालिका – ३ को पुलसमेत बगाएको छ ।

गौधिखोलाको नजिक रहेको सार्बजनिक शौचालयमा बाढि पसेको छ । गलकोट नगरपालिका –१ दुदिलाभाटि ईन्ङलिस स्कुल,ईश्बर बुढाथोकी, बाड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होम बहादुर नेपालीको पक्की घरमा बाढी पसेको छ ।

त्यस्तै उपस्बास्थ्य चौकीमासमेत बाढी पसेको गुमानसिह बुढाथोकीले जनाकारि दिए । बुढाथोकीको अनुसार कर्णबहादुर श्रीसले पालेको २ ओटा बगुंर बगाएको छ । गोठ भत्काएको छ । गलकोट नगरपालिका –३ हटियामा होटल मनु बाढीले प्रभाबीत भएको छ ।

भने राम बहादुर खत्रीको घर सँगै बाढी आएपछि सामान निकाल्ने काम भैरहेको छ । गलकोट नगरपालिका – २ मा स्थानिय खेतमा खोला पसको छ । स्थानीय रामबहादुर थापाको गोठ र कुखुरा फर्म बगाएको छ । डिलबहादुर खत्रीको घरबाट सामान निकाल्ने काम भैरहेको स्थानीय बुलबहादुर केसीले जनाकारी दिए ।

आज दिउँसो २ बजेबाट गलकोटमा असिनासहितको बर्षा भएको छ । बर्षासंगैं आएको बाढीले खोला आसपासका क्षेत्रहरु कटान गरको छ । बाढिले गलकोट हटिया बजारमा समेत क्षती पुर्याउन सक्ने सम्भाबना बढेको स्थानीयको भनाई छ । त्यस्तै गलकोट नगरपालिका–२ मा पुष्पलाल मध्येपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतह सम्म बाढी आएको बताईएको छ ।

गलकोट नगरपालिकाको दुदिलाभाटि ,२ नरेठाटी, हटिया, हरिचौर मजुवा लगाएतका स्थानमा असिना सहित बर्षाहुदा गलकोट नगरपालिकाको अन्य क्षेत्रमा आशिंक बर्षा भएको थियो ।

 

भिडियो घनश्याम गौतम

 

प्रतिक्रिया दिनुहोस्