१२ बैशाख २०८१, बुधबार

 

कालिका माविका प्रअ पाठकलाई ‘प्रवल जनसेवा श्री’

काठमाडौं । कालिका मानव ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठक राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन ।आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच पाठक सम्मानित भएका हुन।

वि.सं. २०१७ साल साउन ६ गते बागलुङ ,गलकाेट नगरपालिकाकाे चराैडिकाे गाउँमा जन्मिएका पाठकले एसएलसी वि.सं. २०३५ सालमा बुटवलको तत्कालीन कालिका माविबाट गरेका थिए । स्नातक तह सम्मको अध्ययन पाेखराकाे पृथ्वीनारायण क्याम्पसबाट गरेका पाठकले गलकाेटकाे पृथ्वी मावि ,हरिचाैरमा वि.सं. २०४७ देखि २०५५ सालसम्म प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेका थिए।

हाल पाठक बुटवल उपमहानगरपालिका १०, काे चर्चित सामुदायिक विघालय, कालिका मानव ज्ञान विघालयकाे प्रधानाध्यापककाे नेतृत्व गरिरहेका छन । पाठककाे नेतृत्वमा कालिका मानव ज्ञान विघालयले महत्त्वपूर्ण सफलताको शिखर चुमेकाे छ। गुणस्तरीय शिक्षा र व्यवहारिक अभ्यासकाे कारण यस विघालय शैक्षिक गन्तव्यकाे रूपमा विकास भएकाे छ।

प्रतिक्रिया दिनुहोस्