१३ बैशाख २०८१, बिहीबार

 

बल्ल खोलिदिए प्रधानमन्त्री ओलीले बुबा मोहनप्रसादको बैंक खाता

काठमाडौं । सरकारले प्रत्येक नेपालीको बैंक खाता अनिवार्य भन्दै आजदेखि अभियान शुरु गरेको छ । सबै नेपालीलाई बैंकको पहुँचमा पु¥याउने उद्देश्यले अभियानको शुरुवात भएको हो ।

चालू आर्थिक वर्षको बजेटमा समेटिएको विषय कार्यान्वयनका लागि सबै नेपालीमा बैंक खाता अभियान नयाँ बर्ष (२०७६ वैशाख १) बाट शुरु भएको हो ।

अभियानको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुबा मोहनप्रसाद ओलीको खाता खोलिदिनुभएको छ । यस अभियानमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरिरहेका छन् ।

केन्द्रीय बैंकले नयाँ खाता खोल्नेलाई १०० रुपैयाँसम्म जम्मा गरिदिन सक्नेछन् । केन्द्रीय बैंकले बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको बजेट यस अभियानमा लगाउन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंककाअनुसार अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् । यसमा कतिपय खाता दोहोरो–तेहोरो पनि छ ।

प्रतिक्रिया दिनुहोस्