७ बैशाख २०८१, शुक्रबार

 

गलकोटमा बिपद, ९ तस्बिर

काठमाडौं । आइतबार दिउँसो बागलुङको गलकोटमा अविरल वर्षासँगै बाढी आएको छ । बाढिले गौधिखोला आसपासका क्षेत्र जोखीमा परेका छन् । वर्षाका करण गलकोट नगरपालिका – ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामग्री, टेका लगाएतका सामग्री बगाएको छ । खोलाले गलकोट नगरपालिका – ३ को पुलसमेत बगाएको छ ।

गौधिखोलाको नजिक रहेको सार्बजनिक शौचालयमा बाढि पसेको छ । गलकोट नगरपालिका –१ दुदिलाभाटि ईन्ङलिस स्कुल,ईश्बर बुढाथोकी, बाड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको पक्की घरमा बाढी पसेको छ ।

त्यस्तै उपस्बास्थ्य चौकीमासमेत बाढी पसेको गुमानसिह बुढाथोकीले जनाकारि दिए । बुढाथोकीको अनुसार कर्णबहादुर श्रीसले पालेको २ ओटा बगुंर बगाएको छ । गोठ भत्काएको छ । गलकोट नगरपालिका –३ हटियामा होटल मनु बाढीले प्रभाबीत भएको छ ।

भने राम बहादुर खत्रीको घर सँगै बाढी आएपछि सामान निकाल्ने काम भैरहेको छ । गलकोट नगरपालिका – २ मा स्थानिय खेतमा खोला पसको छ । स्थानीय रामबहादुर थापाको गोठ र कुखुरा फर्म बगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्