८ बैशाख २०८१, शनिबार

 

यस्तो छ लुक्लामा विमान दुर्घटनाको इतिहास

काठमाडौँ। लुक्लामा हिजो आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा समिट एयरका कोपाइलट सुदिप ढुंगाना ,विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठ रहेका छन ।

सोलुखुम्बुबाट रामेछापको लागि उड्न लागेको जहाज धावनमार्गमा चिप्लिएर हेलिकोप्टरसंग ठोक्किदा उक्त घटाना भएको हो ।

विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलमध्ये एक भएको जनाएका छन्। यस अघि लुक्ला विमान स्थलमा विगत दुई दशकमा भएका हवाई दुर्घटनाहरु यस प्रकार छन्।

  • २५ मे २००४ – काठमाडौँबाट लुक्ला जाने क्रममा यति एयरलायन्सको डिएचसी ६–३०९ डी ट्विनअटर विमान दुर्घटना भयो। लाम्जुरा पहाडमा खराब मौसमका कारण विमान ठोक्किदा चालक दलका तीन सदस्यको मृत्यु भयो।
  • १ अक्टोबर २००४ – सीता एयरवेजको डोर्नियर–२२८ विमान लुक्ला विमानस्थलमा आवतरणका क्रममा दुर्घटनाग्रस्त बन्यो। यो दुर्घटनामा भने मानवीय क्षति भएन ।
  • ३० जुन २००५ – लुक्ला विमानस्थलको धावनमार्गमा गोरखा एयरलाईन्सको डोर्नियर–२२० विमान धस्सिएर दुर्घटना भयो। दुर्घटना कसैको ज्यान नगएपनि चालक दलका तीन र त्यसमा सवार नौ जना यात्रु घाइते बने।
  • ८ अक्टुबर २००८ –  यति एयरको विमान दुर्घटनामा पर्यो । यति एयरको नाइन एन–एएफई कलसाइनको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए भने १ जना बाँच्न सफल भए ।
  • २७ मे २०१७ – लुक्लामा गोमा एयर (हाल समिट एयर) को कार्गाे विमान दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट र कोपाइलट गरी दुई जनाको मृत्यु भएको थियो। विमान अरु यात्रु भने थिएनन्।
  • १४ अप्रील २०१९ – सोलुखुम्बुबाट रामेछापको लागि उड्न लागेको समिट एयरको विमान दुर्घटनामा भएको छ। दुर्घटनामा कोपाइलट र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई असई सहित तीन जनाको मृत्यु भएको छ।
  • तस्विरमा माथि बायाँ पहिलो यति एयर दुर्घटना २००८ , दायाँ गोमा एयर दुर्घटना २०१७ , तल दुई तस्विर समि समिट एयर दुर्घटना २०१९ 

प्रतिक्रिया दिनुहोस्