११ बैशाख २०८१, मंगलवार

 

मल्ममा नयाँ वर्ष मेला आयोजना हुँदै

बागलुङ। न्यू नवज्योति युवा क्लब गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक आज सम्पन्न भएको छ । बैठकले वैशाख ११ गतेदेखि १४ गतेसम्म संस्थाको २१ औं वार्षिकोत्सव तथा नयाँ वर्ष मेला आयोजना गर्ने निर्णय गरेको छ ।

वार्षिकोत्सवको अवसरमा साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, पुरुष तथा महिला रस्साकसी प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिने संस्थाका महासचिव रुद्र केसीले जानकारी दिनुभयो ।

पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी क्रमश: प्रथम नगद रु ५१ हजार र द्वितिय रु ३० हजार, सामुहिक नृत्य प्रतियोगितामा पुरस्कार राशि क्रमश प्रथम नगद रु १० हजार, द्वितिय रु ६ हजार र तृतिय रु ३ हजार त्यस्तै पुरुष तथा महिला रस्साकसीको विजेता टिमलाई नगद रु ६ हजार प्रदान गरिने क्लबले जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताईएको छ ।

क्लबले स्थापनाकाल देखि नै विभिन्न समयमा स्थानिय स्तरमा आफनो सेवा क्षेत्रको समुदायलाई लक्षित गरि बाटो घाटो निर्माण, टोल सरसफाई, विकृति विसंगति न्यूनिकरण लगायतका सामाजिक क्रियाकलाप गर्दै आईरहेको छ । बैठक न्यू नवज्योति युवा क्लब गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्