७ बैशाख २०८१, शुक्रबार

 

तीन दिनसम्म असिना पानी, हुरीबतास र चट्याङ्गको सम्भावना

काठमाडौं। आगामी तीन दिनसम्म देशका अधिकांस भू-भागमा मेघ गर्जन सहित वर्षा र केहि ठाउँमा चट्टयांग-हुरीबतास, असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांस स्थानमा मंगलबार मौसम बदली रहने र पश्चिमी, मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबतास सहित वर्षा/असिना पानी को सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको बताइएको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

बुधबार पनि देश भरि मौसम बदली रहने भने पश्चिमीका अधिकांश क्षेत्र, पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना रहेको बताइएको छ । साथै तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ |
बिहिबार सम्म यो क्रम जारी रहने छ।

प्रतिक्रिया दिनुहोस्