१३ बैशाख २०८१, बिहीबार

 

पूर्ववडाध्यक्ष ६ दिनदेखि बेपत्ता

बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा ६ दिनदेखि बेपत्ता भएका छन् । चैत २८ गते बिहान सात बजेदेखि हालसम्म परिवारको  सम्पर्कमा नआएका कारण खोजि गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरेपनि हालसम्म फेला पर्न नसकेको बताएको छ ।

परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा पाँच दिनसम्म खोजी कार्य गर्दासमेत फेला नपारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरी शर्माले बताए । ६ दिनसम्म परिवारको सम्र्पकमा नआएका कारण सबैलाई खाजी कार्य गरिदिन परिवारका आफन्त भोलानाथ आचार्यले आग्रह गरेका छन् । शर्माको खाजि गर्नका लागि स्थनीयहरु दिनभर ढोडेनी तथा कालीगण्डकी किनारमा जाने भएपनि शर्मालाई फेला पर्न सकेका छैनन् । शर्मा साविक बागलुङ नगरपालिका–१० का पूर्ववडाध्यक्षसमेत हुन् । सामाजिक भावना भएका शर्मा विना कारण बेपत्ता भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्