८ बैशाख २०८१, शनिबार

 

चीन कसरी फेरियो ?

चिनियाँ नेता माओत्सेतुङको निधन भएपछिको एक वर्ष अर्थशास्त्रका चिनियाँ विद्यार्थीको एउटा समूह सांघाईबाहिरको एउटा पहाडमा विश्रामका लागि जम्मा भयो।

खासमा त्यो विश्राम ‘वयस्क र युवा अर्थशास्त्रीहरुको प्राज्ञिक सम्मेलन’ थियो। त्यतिबेला चीन औद्योगिक विकासको संवाहक भइसकेको थिएन। चिनियाँ कम्युनिस्ट पार्टी विश्व व्यवस्थाको मुहार परिवर्तन गर्नेगरी विजय यात्रामा प्रवेश पनि गरिसकेको थिएन। त्यतिबेला मोगनशानको बाँसे जंगलमा यी युवा विद्यार्थी एउटा चुनौतीपूर्ण प्रश्नमा घोत्लिएका थिए– पश्चिमको हाराहारीमा चीन कसरी पुग्नसक्छ?

विश्वको अर्को कुनामा भने अर्कै चहलपहल थियो। सन् १९८४ को शरदमा रोनाल्ड रेगनले ‘अमेरिकामा पुनः बिहान’को नारा दिइरहेका थिए। यो नारा खासमा रेगनको चुनावी प्रचारको लागि बनाइएको विज्ञापनको पहिलो वाक्य थियो जसले ‘गौरव, दृढता र विकास’लाई जनाउँथ्यो। रेगनले अमेरिकी अर्थतन्त्रमा सुधार ल्याउने वाचा गर्दै उक्त विज्ञापन गरिरहँदा चीन भने दशक लामो राजनीतिक र आर्थिक उथलपुथलबाट त्राण पाउँदै थियो।

ग्रामीण भूभागमा केही सुधार अवश्यक थियो, किनभने चीनको तीन चौथाई जनता चरम गरिबीमा बाँच्न विवश थिए। अर्थतन्त्र भने पूर्णतः राज्य नियन्त्रित थियो। कसले कहाँ काम गर्ने, कारखानाले कति उत्पादन गर्ने र हरेक उत्पादित वस्तुको मूल्य कति हुने भन्ने सबै राज्यले निर्धारण गथ्र्यो।

– एक रात उनीहरु टुंगोमा पुगे र निष्कर्ष निकालेः कारखानाहरुले राज्यले तोकेको संख्याको उत्पादन गर्नैपर्छ तर त्यसभन्दा बढी हुने उत्पादन आफूले तोकेको मूल्यमा बेच्न उनीहरु स्वतन्त्र हुनेछन्। योजनाबद्ध अर्थतन्त्रलाई कमजोर गराउने यो चलाखीपूर्ण र क्रान्तिकारी प्रस्ताव थियो।

‘वयस्क र युवा अर्थशास्त्रीहरुको प्राज्ञिक सम्मेलन’मा जम्मा भएका विद्यार्थी र अनुसन्धाता बजार शक्तिलाई निर्बाध छोडिदिन चाहन्थे। तर उनीहरु अर्थतन्त्र दुर्घटित हुन्छ कि भनेर चिन्तित थिए। उनीहरुले अर्थतन्त्र नियन्त्रण गर्ने पार्टीका पदाधिकारी र विचारकलाई सचेत गराउन भने छोडेनन्।

अन्ततः एक रात उनीहरु टुंगोमा पुगे र निष्कर्ष निकाले– कारखानाहरुले राज्यले तोकेको संख्याको उत्पादन गर्नैपर्छ तर त्यसभन्दा बढी हुने उत्पादन आफूले तोकेको मूल्यमा बेच्न उनीहरु स्वतन्त्र हुनेछन्। योजनाबद्ध अर्थतन्त्रलाई कमजोर गराउने यो चलाखीपूर्ण र क्रान्तिकारी प्रस्ताव थियो। यो प्रस्तावले त्यहाँ उपस्थित पार्टीका युवा अधिकारीलाई रनभुल्लमा पारिदियो। अर्थशास्त्रको ज्ञान नभएका कारण पनि उनीहरु रनभुल्लमा पर्नु स्वभाविक थियो।

चिनियाँ अर्थतन्त्र निकै द्रुत गतिमा वृद्धि भयो। यो वृद्धि यति शक्तिशाली भयो, विश्वव्यापी शक्तिको रुपमा चिनियाँ अर्थतन्त्रले कायापलट गर्नु कति अस्वाभाविक थियो भन्ने बिर्सन एकदमै सजिलो भइदियो।

अब त मानिसहरुले चीनले कति उन्नति ग¥यो र निराशाबाट पुनः उदय कसरी ग-यो भन्ने पनि बिर्सिसकेका छन्। यो वृद्धिको पछाडि त्यही सम्मेलनले पारित गरेको प्रस्तावले भूमिका खेलेको थियो। उक्त प्रस्तावलाई सरकारी नीतिको रुपमा तुरुन्तै लागू गरियो। र, त्यही प्रस्ताव चीनको अद्भुत परिवर्तनको सुरुवात गर्ने निर्णायक कदम बन्न पुग्यो।

अहिले चीनले घरसंख्या, इन्टरनेट प्रयोगकर्ता, कलेज ग्य्राजुएट र केही हदसम्म खर्बपतिहरुको संख्यामा संसारलाई जितेको छ। चरम गरिबी एक प्रतिशतभन्दा कममा झरेको छ। सन् १९९० मा सोभियत संघको विघटन भएपछि अमेरिकाको महत्वपूर्ण प्रतिद्वन्द्वीको रुपमा यो नयाँ शक्ति उदाएको छ।

आठ जना अमेरिकी राष्ट्रपतिले चीनले अन्ततः आधुनिकताका स्थापित मान्यता अनुसरण गर्ने अनुमान वा आशा गरेका थिए। चिनियाँ जनतालाई समृद्धिले राजनीतिक स्वतन्त्रता माग गर्न सक्ने बनाउने छ र त्यो देश प्रजातान्त्रिक देशहरुको सूचीमा प्रवेश गर्नेछ भन्ने उनीहरुको आकांक्षा थियो।

परिस्थितिको यो विकाससँगै एउटा युगान्तकारी प्रतिद्वन्द्व भने बाँकी नै छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय जगतमा हस्तक्षेपकारी योजनाहरु प्रस्तुत गरिरहेछन् भने घरेलु राजनीतिमा नियन्त्रण बढाउँदै गएका छन्। अर्कोतर्पm अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले व्यापार युद्ध थालेको छ। यी सबै परिस्थितिले संसारलाई नयाँ शीत युद्धमा लैजाने खतरा बढिरहेछ।

बेइजिङमा भने अहिले पश्चिमलाई कसरी उछिन्ने भन्ने प्रश्न असान्दर्भिक भइसकेको छ। अमेरिकी द्वेषले भरिएको यो युगमा कसरी अगाडि बढ्ने भन्ने नै चीनको मुख्य चासो बनेको छ।

इतिहासले बताएको छ हरेक उदाउँदो शक्तिले स्थापित शक्तिलाई केही साझा चुनौती दिन्छ। दशकौंसम्म संयुक्त राज्य अमेरिकाले चीनको उदयका लागि उत्साह र सहयोग गर्‍यो। चीनलाई विश्वकै महत्वपूर्ण आर्थिक हिस्सेदार बनाउनका लागि उसले चीनका नेता र जनतासँग मिलेर काम गर्‍यो। यो सहकार्यले दुवै देशलाई उँभो लगायो।

यो अवधिभर आठ जना अमेरिकी राष्ट्रपतिले चीनले अन्ततः आधुनिकताका स्थापित मान्यता अनुसरण गर्ने अनुमान वा आशा गरेका थिए। चिनियाँ जनतालाई समृद्धिले राजनीतिक स्वतन्त्रता माग गर्न सक्ने बनाउने छ र त्यो देश प्रजातान्त्रिक देशहरुको सूचीमा प्रवेश गर्नेछ भन्ने उनीहरुको आकांक्षा थियो। त्यसो नभए एकतन्त्रीय शासनको भारमा वा कर्मचारीतन्त्रको पासोमा चिनियाँ अर्थतन्त्र नष्ट हुनेछ भन्ने उनीहरुले ठानेका थिए।

संसारलाई लाग्छ उसले चीनलाई फेर्नेछ। धेरै हिसाबले उसले त्यसो गरेको पनि छ। तर चीन पटकपटक संसारलाई परिवर्तन गर्न सफल भएको छ। उसले संसारले कसरी काम गर्छ भन्ने अमेरिकी बुझाई समेत फेरिदिएको छ।

यथार्थ भने अर्कै भइदियो। अमेरिकी राष्ट्रपतिहरुले आशा गरेजस्तो भएन। यस्तो सम्भावनालाई चिनियाँ कम्युनिस्ट पार्टीहरुले बारम्बार असफल बनाइदिए। उनीहरुले शक्ति कायम गरिराख्न दमन त गरे तर उद्यमशीलता र अन्वेषणलाई कुनै असर पर्न दिएनन्।

शत्रु र प्रतिद्वन्द्वीबाट घेरिँदा पनि युद्धलाई सधैँ पन्छाइरहे। देशभित्र भने राष्ट्रवादी भावनालाई जोड दिइरहे। त्यसैले नै उनीहरु ४० वर्षदेखि अपरम्परागत नीति अवलम्बन गरेर निरन्तर आर्थिक वृद्धि कायम राख्न सफल भएका छन् जबकी पाठ्यपुस्तकहरुमा ती नीति असफल हुने अनुमान गरिएको थियो।

२०१८ को सेप्टेम्बरमा चीनले सोभियत संघभन्दा लामो आयु पार गर्‍यो। त्यसको केही दिनपछि कम्युनिष्ट शासन स्थापना भएको ६९ वर्षगाँठ मनायो। यी सबै तथ्यले बताउँछ– आफ्नो प्रगतिलाई कायम राखे चीन संसारको ठूलो अर्थतन्त्रमा मात्र हुनेछैन बरु छिट्टै नै विभिन्न कारणले अरुभन्दा फरक पनि हुनेछ।

संसारलाई लाग्छ उसले चीनलाई फेर्नेछ। धेरै हिसाबले उसले त्यसो गरेको पनि छ। तर चीन पटकपटक संसारलाई परिवर्तन गर्न सफल भएको छ। उसले संसारले कसरी काम गर्छ भन्ने अमेरिकी बुझाई समेत फेरिदिएको छ।

चीनलाई यो स्तरसम्म चिनियाँ नेताले कसरी ल्याइपुर्‍याए भन्ने सरल व्याख्या छैन। त्यसको व्याख्याका लागि दूरदर्शिता र भाग्य, सीप र दृढ संकल्प जस्ता शब्दको प्रयोग गरिन्छ। तर सबैभन्दा महत्वपूर्ण भय नै हो सायद। खासगरी तियानमेन चोकमा भएको आमहत्या र सोभियत संघको विघटनपछि माओपछिका नेताहरुमा यो भयको जन्म भएको हो।

चिनियाँ कम्युनिस्टहरुले मस्कोका आफ्ना पुराना वैचारिक सहयात्रीहरुको नियतिबारे अध्ययन गरे र गल्तीबाट सिक्ने प्रतिबद्धता गरे। उनीहरुले दुइटा पाठ सिके। एक, अस्तित्वका लागि पार्टीमा ‘सुधार’ हुनैपर्छ। दोस्रो, त्यस्तो ‘सुधार’ कुनै पनि हालतमा प्रजातान्त्रिकरण चाहीँ हुनुहुँदैन।

माओको शासनले उत्पन्न गरेको संकटबारे खासै चर्चा नगरे पनि चिनियाँ कम्युनिस्टहरुले मस्कोका आफ्ना पुराना वैचारिक सहयात्रीहरुको नियतिबारे अध्ययन गरे र गल्तीबाट सिक्ने प्रतिबद्धता गरे। उनीहरुले दुइटा पाठ सिके। एक, अस्तित्वका लागि पार्टीमा ‘सुधार’ हुनैपर्छ। दोस्रो, त्यस्तो ‘सुधार’ कुनै पनि हालतमा प्रजातान्त्रिकरण चाहीँ हुनुहुँदैन।

त्यसयता चीनले प्रतिस्पर्धाका आवेगहरुको बीचबाट आफ्नो यात्रा जारी राखेको छ। उन्नति र अवनति, परिवर्तन सहितको प्रयोग र यसमा आइलागेको अवरोधबीच चीन यात्रारत छ। धेरै टाढासम्म पुग्नलाग्दा आफैलाई पछि तान्छ तर निश्चित दिशामा दौडिरहन भने छोड्दैन।

धेरै मानिस ठान्छन्, चिनियाँ कम्युनिष्ट पार्टी असफल हुनेछ। उनीहरुलाई लाग्छ चीन जस्तो ठूलो देशका स्थिरता कायम रहन खुलापन र दमनबीचको तनाव बढी हुन्छ। तर यही तनाव नै चीन अस्तित्वमा रहिरहनुको कारक पनि हो।

चीनले अहिले अमेरिकासँग गरिरहेको व्यवहार कायम राख्छ वा आपैmलाई रोक्ने प्रयास गर्नेछ भन्ने चाहिँ बेग्लै प्रश्न हो।

पूँजीवादी बने पदाधिकारी 

मोगनसान सम्मेलनमा कुनै पनि सहभागीले चीन कसरी अगाडि बढ्नेछ र त्यसका लागि पार्टी अधिकारीहरुले कस्तो भूमिका खेल्नेछन् भन्ने अनुमान लगाएको थियो। चिनियाँहरु एउटा उथलपुथलको युगमा आइपुगेका थिए। बाँकी विश्वबाट झण्डैजसो अलग्गिएका थिए।

अगाडि आइपरेका चुनौतीको सामना गर्न थोरैमात्र तयार थिए। सफलता पाउन चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो विचारको पुनर्आविष्कार र कार्यक्रमको पुनर्निमाण गर्नैपथ्र्यो। तर के गर्ने भन्नेबारे सबैजना अलमलमा थिए।

सु झियाङ त्यसको एक उदाहरण हुन्। उनले माओकालको सांस्कृतिक क्रान्तिको उत्तरार्धमा पत्रकारितामा स्नातकोत्तर गरेका थिए। सांस्कृतिक क्रान्तिमा लाखौं मानिसहरु गिरफ्तार गरिएका थिए, सताइएका थिए र मारिएका थिए। ती दिनहरुमा सुले ‘क्याडर स्कुल’ (कार्यकर्ता विद्यालय)मा बिताएका थिए। त्यहाँ उनले हाते श्रम गर्नुपथ्र्यो र सैन्य टुकडीलाई माक्र्सवाद पढाउनुपथ्र्यो।

माओको निधनपछि उनलाई अर्थतन्त्र सुदृढ गराउने अभिभारा सहित राज्य सञ्चालित अनुसन्धान केन्द्रमा जिम्मा दिइयो। कसरी फ्याक्ट्रीहरुलाई सकेसम्म बढी निर्णयकारी क्षमता प्रदान गर्ने भन्ने पत्ता लगाउने उनको पहिलो काम थियो। त्यो विषयबारे उनलाई केही पनि थाहा थिएन। त्यति हुँदाहुँदै पनि सेन्झेनमा स्थापित चीनकै पहिलो स्टक बजार स्थापना गर्न सहयोग गर्नेगरी उनी आर्थिक नीति निर्माताको रुपमा स्थापित भए।

मोगनसान सम्मेलनमा भाग लिने अर्का युवा सहभागी थिए झो चियाओचुआन, जसले पछि चीनको केन्द्रीय बैंकलाई १५ वर्षसम्म नेतृत्व प्रदान गरे। त्यस्तै अर्का सहभागी थिए, लिउ जिवेई। हालैमात्र उनी वित्तीय मन्त्रीबाट विदा भए। त्यसैगरी अर्का थिए कृषि नीतिविद् वाङ छिसाङ। मोगनसान सम्मेलनबाट उदाएकामध्ये सबैभन्दा उच्च पदमा पुगेका व्यक्ति उनै हुन्।

वाङले चीनको पहिलो लगानी बैंकको नेतृत्व गरे। उनले एसियाली वित्तीय संकटको बेलामा देशलाई जोगाउन महत्वपूर्ण भूमिका खेले। सन् २००८ को ओलम्पिक आयोजना गर्ने बेइजिङका मेयर पनि उनै थिए। त्यसपछि उनले पार्टीका उच्च तहका भ्रष्टाचार मुद्दाहरुको निरीक्षण गरे। हाल उनी चीनको उप–राष्ट्रपति छन्। चिनियाँ कम्युनिस्ट पार्टीमा सि चिनफिङपछिको दोस्रो तहमा छन्।

कुनै बेला आर्थिक वृद्धिका बाधक मानिने कर्मचारीहरु नै अहिले वृद्धिका इन्जिन बनेका छन्। वर्ग युद्ध र मूल्य नियन्त्रणमा समर्पित अधिकारीहरुले लगानी खोज्न र निजी व्यवसाय प्रवर्द्धन गर्न थालेका छन्। अहिले हरेक दिन चीनको कुनै पनि जिल्ला वा शहर वा प्रान्तको नेताले नयाँ व्यापार थाल्छन्।

मोगनसान सम्मेलनबाट उदाएका यी मानिसहरुको व्यक्तित्वपछाडि चिनियाँ सफलताको मुख्य पक्ष लुकेको छ। त्यो हो पार्टीका पदाधिकारीहरु पुँजीवादी बनेका छन्। कुनै बेला आर्थिक वृद्धिका बाधक मानिने कर्मचारीहरु नै अहिले वृद्धिका इन्जिन बनेका छन्। वर्ग युद्ध र मूल्य नियन्त्रणमा समर्पित अधिकारीहरुले लगानी खोज्न र निजी व्यवसाय प्रवर्द्धन गर्न थालेका छन्। अहिले हरेक दिन चीनको कुनै पनि जिल्ला वा शहर वा प्रान्तको नेताले नयाँ व्यापार थाल्छ।

सोभियत संघले गर्न नसकेको योे एक नयाँ आविष्कार हो। चीन र सोभियत संघमा स्टालिनवादी कर्मचारीतन्त्र आर्थिक वृद्धिको बाधक थियो। अधिकारीहरुसँग असिमित अधिकार थियो। त्यसैले उनीहरु आफ्नो सुविधामा थोरै पनि घाटा लगाउने परिवर्तनको विरोध गर्थे। सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभले राजनीतिक प्रणालीमा खुलापन अवलम्बन गरेर अर्थतन्त्रमा रहेको कर्मचारीहरुको नियन्त्रण तोड्ने प्रयास गरेका थिए।

दशकौ पछि, चिनियाँ अधिकारीले अहिले पनि त्यो कसरी गल्ती थियो भनेर शिक्षा लिन्छन्। यस विषयमा पार्टीले सन् २००६ मा डकुमेन्ट्री नै बनाएको थियो। यसका वर्गीकृत डिभिडीहरु सबै तहका अधिकारीहरुलाई वितरण गरिएको थियो।

सोभियत संघको असफलता देखेरै चिनियाँ कम्युनिस्ट पार्टीले राजनीतिक खुलापन अपनाउन डरायो। तर ऊ पुरानै प्रणाली अपनाउन पनि इच्छुक भएन। त्यसैले पार्टीले नयाँ बाटो फेला पार्‍यो। चिनियाँ कम्युनिस्ट पार्टी बिस्तारै मोगनसान सम्मेलनले तय गरेको बाटोतर्फ लाग्यो। उसले नियोजित अर्थतन्त्र छोड्दै गयो र बजार अर्थतन्त्रलाई स्थान दिँदै गयो। बिस्तारै बजार अर्थतन्त्र उकासिँदै गयो।

पार्टीका नेताहरुले यो प्रक्रिया बिस्तारै जाने बताएका थिए। उनीहरु यो प्रयोगलाई ‘ढुंगा छाम्दै नदी तर्ने’ भन्थे। यो प्रक्रियामा उनीहरुले केही नीति अवलम्बन गरे। भूमिको स्वामित्व राज्यसँगै राखेर किसानहरुलाई उत्पादन गर्ने र आफ्नो बाली आफैले बेच्ने छुट दिए। ‘विशेष आर्थिक क्षेत्रहरु’मा लगानी अवरोध हटाए जबकी देशका अरु ठाउँमा भने पुरानै नीति कायम थियो। सुरुमा सिमित संख्यामा मात्रै राज्य सञ्चालित कलकारखानाको निजीकरण गरे।

चीनको यो अभ्यासप्रति अमेरिकी अर्थशास्त्रीहरु भने सन्देह जनाइरहेथे। उनीहरु भन्थे, बजारलाई सकेसम्म खुला छोडिदिनुपर्छ नभए कर्मचारीतन्त्रले आवश्यक परिवर्तन हुन दिनेछैन। सन् १९८८ मा चीनको भ्रमण गरेपछि नोबेल पुरस्कार विजेता मिल्टन फ्रायडम्यानले चिनियाँ कम्युनिष्ट पार्टीको रणनीतिलाई ‘भ्रष्टाचार र अक्षमताको लागि खुला आमन्त्रण’ भनेका थिए।

तर कर्मचारीतन्त्रको अवरोधसँग जुध्दा चीनले अनौठो फाइदा पाएको थियो। त्यो हो सांस्कृतिक क्रान्तिको विरासत। सांस्कृतिक क्रान्तिले पार्टीयन्त्रलाई नै ध्वस्त बनाएको थियो र पार्टीलाई नै तहसनहस बनाएको थियो। तर यो अधिनायक अभ्यासले माओलगत्तैका चिनियाँ नेता तङ स्याओ पिङलाई त्यस्तो मञ्च प्रदान गर्‍यो जहाँबाट उनी पार्टीलाई खुला दिशामा लैजान नेतृत्व गर्न सक्थे।

तङ स्याओ पिङले पाएको अवसरमध्ये आधुनिक अर्थतन्त्रको अध्ययनका लागि पार्टीका युवा अधिकारीलाई अमेरिका वा जहाँसुकै पठाउने अधिकार पनि थियो। उनीहरुमध्ये कोही विश्वविद्यालयमा भर्ना भए। कसैले जागिर खाए। कोही भने ‘अध्ययन भ्रमण’का लागि मात्र पनि गए। उनीहरु फर्किएपछि पार्टीले उनीहरुको स्तरोन्नति गरिदियो र उनीहरुबाट अरुले सिक्ने व्यवस्था मिलायो।

त्यही समयमा पार्टीले शिक्षामा पनि प्रशस्त लगानी गर्‍यो। प्रशस्त विद्यालय र विश्वविद्यालयहरु खोलिए। निरक्षरता उन्मुलन गरियो। हुन त धेरै आलोचकहरुले चिनियाँ शिक्षा पद्धतीका कमजोरीबारे टिप्पणी पनि गर्ने गर्छन्।

उनीहरुले खासगरी घोकन्ते पद्धती, राजनीतिक सीमाहरु र गाउँका विद्यार्थीलाई गरिने विभेदको आलोचना गर्छन्। तर के बिर्सन हुँदैन भने अमेरिका, जापान, दक्षिण कोरिया र ताइवानमा विज्ञान र इन्जिनियरिङमा एक वर्षमा उत्पादन हुने भन्दा बढी जनशक्ति चीन एक्लैले उत्पादन गर्छ।

विश्लेषकहरु चीनले राजनीतिक परिवर्तनलाई रोकेर आर्थिक परिवर्तनमात्र गरेको टिप्पणी गर्ने गर्छन्। तर वास्तविकता भने फरक छ। माओको निधनपछि पार्टीले केही हदसम्म स्वतन्त्र निर्वाचन र स्वायत्त अदालतलाई स्थान दिएको छ यद्यपि ती त्यतिसारो प्रभावकारी छैनन्।

सांघाई जस्ता शहरका चिनियाँ विद्यार्थी संसारकै उत्कृष्ट विद्यार्थीमध्ये पर्छन्। धेरै अभिभावकलाई त त्यतिले पनि पुग्दैन। उच्च शिक्षाका लागि तिव्र प्रतिस्पर्धा हुनेगर्छ। त्यसैले पैसावाल अभिभावकले आफ्ना सन्तानलाई विद्यालय तहपछि प्रवेश परीक्षाका लागि तयारी कक्षामा पठाउने गर्छन्। एक अध्ययन अनुसार त्यस्तो शिक्षा बजार करिब १ खर्ब २५ अर्ब अमेरिकी डलर बराबर छ। त्यो भनेको चिनियाँ सरकारले वार्षिक रुपमा सेनालाई छुट्टाउने बजेटको आधा हो।

चिनियाँ कम्युनिस्ट पार्टीको रुपान्तरणको अर्को व्याख्या कर्मचारीतन्त्रको कार्यपद्धतीमा आधारित छ। विश्लेषकहरु चीनले राजनीतिक परिवर्तनलाई रोकेर आर्थिक परिवर्तनमात्र गरेको टिप्पणी गर्ने गर्छन्। तर वास्तविकता भने फरक छ। माओको निधनपछि पार्टीले केही हदसम्म स्वतन्त्र निर्वाचन र स्वायत्त अदालतलाई स्थान दिएको छ यद्यपि ती त्यतिसारो प्रभावकारी छैनन्।

चिनियाँ कम्युनिस्ट पार्टीमा आएको सबैभन्दा ठूलो सुधार पदावधिको व्यवस्था हो। पार्टीले उच्च पदाधिकारीको पदावधि तोक्यो जसले गर्दा अक्षम अधिकारीहरुलाई हटाउन सकिने भयो। त्यस्तै उसले आन्तरिक परीक्षण प्रणालीमा व्यापक परिवर्तन ल्याएको छ। त्यस्ता परीक्षण खासगरी आर्थिक लक्ष्यहरुसँग जोडिएका छन् जसले स्थानीय तहका नेताहरुको पदोन्नति र उनीहरुले पाउने सुविधान निर्धारण गर्छन्।

देख्दा सानाजस्ता लाग्ने यी सुधारहरुले ठूलो प्रभाव पारेको छ। यसले राजनीतिक प्रणालीमै जवाफदेहीता र प्रतिस्पर्धा बढाएको छ। मिचिगान विश्वविद्यालयका राजनीतिशास्त्री युएन युएन आंगका अनुसार चीनले बेग्लै खालको ठिमाहा पद्धती निर्माण गरेको छ। ‘प्रजातान्त्रिक चरित्रको अधिनायकत्व’, उनको टिप्पणी छ।

अर्थतन्त्र उँभो लाग्दैगर्दा अधिकारीहरु आर्थिक वृद्धिमा मात्र केन्द्रीत भए। उनीरुले फैलिँदो प्रदूषण, श्रम अधिकारको उल्लंघन र खाद्यान्न तथा औषधि प्रसारमा आएको व्यवधानलाई बेवास्ता गरे। कर संकलन बढाएबापत र आफन्त र साथीहरुलाई अवसर उपलब्ध गराइदिए बापत उनीहरुले पुरस्कार पाउन थाले।

थुप्रै अधिकारीहरुले राज्यतहको काम छोडेर निजी व्यवसाय शुरु गरे। केही समयपछि पार्टीका कुलीनहरुले प्रशस्त सम्पत्ति जम्मा गरे र उनीहरुले निजीकरणको व्यापक वकालत गर्न थाले।

अहिले चीनको राष्ट्रिय उत्पादनको ६० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ। पछिल्लो वर्ष एक अधिकारीले आफ्नो मन्तव्यमा भनेअनुसार यो क्षेत्रले शहर र बजारहरुमा ८० प्रतिशतलाई रोजगारी दिएको छ र हरेक वर्ष उत्पन्न हुने नयाँ रोजगारीको क्षेत्रमध्ये ९० प्रतिशत हिस्सा ओगट्छ।

पछिल्ला केही वर्षयता भने राष्ट्रपति सी चिङफिङले निजी व्यवसायमा पनि पार्टीको अधिकार कायम राख्ने दाबी गरिरहेछन्। उनले विदेशी प्रतिस्पर्धाबाट जोगाएर राज्य¬–सञ्चालित उद्योगलाई छुट र राहत दिने घोषणा गरेका छन्। उनले अमेरिकी कम्पनीले बजार पाउनका लागि प्रविधि बुझाउनुपर्ने शर्त पनि राखेका छन्।

यी तरिका अपनाउँदा चीनले विश्व अर्थतन्त्रमा नेतृत्वकारी भूमिका खेल्ने उनको दाबी छ। यी अभ्यासबाट भविष्यमा अमेरिकाका उच्च प्रविधियुक्त उद्योगलाई टक्कर दिनसक्ने ‘राष्ट्रिय च्याम्पियनहरु’ तयार हुने उनको दाबी छ। तर यी अभ्याससँगै उनले अमेरिकालाई उक्साइरहेको पनि अर्को सत्य हो।

– फिलिप पी पान ‘द टाइम्स एसिया’का सम्पादक र ‘आउट अफ माओज् स्याडोः द स्ट्रगल फर द साउल अफ अ न्यू चाइना’ नामक पुस्तकका लेखक हुन्। उनले दुई दशकसम्म चीनमा बसेर पत्रकारिता गरिसकेका छन्। 

लक्ष्मण श्रेष्ठ काे अनुवाद ,नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्