१३ बैशाख २०८१, बिहीबार

 

पाेर्न साइटपछि ‘टिकटक’माथि प्रतिबन्ध

काठमाडौं । पछिल्लो समय नेपाल लगायत भारतमा पनि सर्वाधिक प्रयोगकर्ता भएको टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । भारतमा गुगलले प्लेस्टोर र एपस्टोरबाट भिडियो एप्स ‘टिकटक’ हटाएको जनाएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोरबाट अब टिकटक डाउनलोड उपलब्ध नहुने जनाइएको छ ।

गत सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न जरुरी नरहेको ठहर गरेपछि भारतमा टिकटक माथि प्रतिबन्ध लगाइएको हो ।

यो भन्दा पहिलो भारतमा पब्जी, पोर्न पनि बन्द गराइएको थियो । तपाईलाई जानकारी गराउँ, यसअघि मद्रासको उच्च अदालतले चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो । यो एपले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्