१३ बैशाख २०८१, बिहीबार

 

आँधीसहितको चट्याङका कारण ४१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् । गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भारतीय प्रहरीले जनाएको छ ।

अरु तीन–चार दिन यस्तै हावाहुरी आउने भारतीय मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका अधिकारीहरुका अनुसार बुधबार साँभसम्म यस्तै अवस्था रहने र त्यसपछि भने मौसममा सुधार आउने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हावाहुरीबाट मृत्युहुनेहरुप्रति श्रद्धान्जली र घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । यसको अलावा प्रधानमन्त्री राहत कोषमार्फत मृतकका परिवार र घाइतेहरुको सहयोग गर्न अनुरोध गर्नुभएको छ । साथै प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई जनही २ लाख र घाइतेका परिवारहरुको लागि ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्