८ बैशाख २०८१, शनिबार

 

आइजीआई विद्यार्थी बिमालेख सम्झौता

काठमाडाैं ।  आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच संस्थाका सदस्य विद्यार्थीहरुको लागि बीमालेख मार्फत सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखि खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी सम्झौता भएको छ । अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थीको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्कका साथै बुबा आमाको दुर्घटना बीमा बनाउनु सहकारीको राम्रो काम भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्