१३ बैशाख २०८१, बिहीबार

 

निसीमा बन्ने भयो ८२८ मेगावटको उत्तरगंगा आयोजना

काठमाडाैं । उत्तरगंगा जलाशययुक्त आयोजनाबाट विद्युत निकालिएपछिको पानी कालीगण्डकीको सहायक नदी निसीखोलामा झारिने भएको छ । ८२८ मेगावाटमा आयोजना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार हुने भएको छ । यसअघि सत्तारुढ दल नेकपाका नेताहरुबीच यो पानी कता खसाल्ने भन्नेमा जुँगाको लडाइँ थियो । जसका कारण आयोजना अघि बढाउन समस्या परेको थियो ।

विद्युत प्राधिकरणले बागलुङ निर्माण गर्न लागेको यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न परामर्शदाता छनोटको काम सुरु गरेको छ । प्राधिकरण अन्तरगतको उत्तरगंगा पावर कम्पनीले परामर्शदाता छनेटका लागि आह्वान गरेको आशयपत्रमा कालीगण्डकीतर्फको निसी खोलामा पानी खसाल्ने गरी आयोजना तयार हुने उल्लेख छ ।

भेरीको सहायक नदी हो९ उत्तरगंगा । उत्तरगंगामा बाँध बनाएर यो जलासययुक्त आयोजना निर्माण गरिँदैछ । अहिलेको प्रस्ताव अनुसार नै बनाउने हो भने यो आयोजनाबाट बिजुली निकाल्दा उत्तरगंगाको पानी भेरीको साटो कालीगण्डकीमा खस्नेछ ।

आयोजना सबैभन्दा सस्तो पर्ने गरी १३५० मिटरमा बनाइने भएको छ । तर, सत्तारुढ दलभित्रकै नेताहरुले यसअिघ उत्तरगंगाको पानी कता खसाल्ने भन्ने विवाद टुंग्याएका थिएनन् । यो आयोजना बनाउन १ खर्ब बढी लगानी लाग्ने अनुमान छ ।

नेकपाका कणार्ली प्रदेश इञ्चार्ज एवं पूर्व ऊर्जामन्त्री जर्नादन शर्मा प्रभाकर विद्युत उत्पादनपछि निक्लिएको पानी कालीगण्डकीतर्फ फर्काएर आयोजना बन्न दिने पक्षमा थिए । तर नेकपाका महासचिव विष्णु पौडेल, नेकपा स्थायी समिति सदस्य तथा श्रम मन्त्री गोकर्ण बिष्ट लगायतका नेताहरु भने कालीगण्डकीतर्फ नै उत्तरगंगाको पानी झारेर आयोजना पूर्ण क्षमतामा बनाउनुपर्ने अडानमा थिए ।

ऊर्जा मन्त्रालयले भेरी नदीमा १२८ मेगावाटको डाँडागाउँ खलङगा तथा ४४० मेगावाटको भेरी १ चिनियाँ कम्पनी गेजुवा ग्रुप पावर इन्भेस्टमेन्टलाई र ३०० मेगावाटको भेरी९४ आयोजना भेरी इनर्जीलाई सर्बे लाइसेन्स दिइसकेको छ ।

उत्तरगंगाको पानीलाई कालीगण्डकीतर्फ फर्काएर उत्तरगंगा आयोजना बनाइएमा भेरीमा बन्ने अन्य आयोजना प्रभावित हुने तर्क रुकुम नेताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्