१३ बैशाख २०८१, बिहीबार

 

पर्यटक बस पल्टिँदा २९ जनाको मृत्यु

काठमाडौं । बुधबार साँझ पोर्चुगलमा पर्यटकीय बस दुर्घटना भएको छ । दुर्घटनामा २९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । भिरालो रहेको कानिसो शहरको घुम्तीमा बस असन्तुलन हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सन २००७ मा ५ जना इटालीयन पर्यटकको मृत्यु हुने गरी भएको दुर्घटना पछिको यो अर्को ठूलो दुर्घटना हो। क्षेत्रीय सरकार अन्तर्गतको बस सञ्चालक कम्पनीले दुर्घटनाको छानबीन गर्न एक समिति गठन गरको जनाएको छ ।

दुर्घटनालाई गम्भिरता पूर्वम लिँदै सरकारले ३ दिने क्षेत्रीय शोकको घोषणा गरेको छ। नेपाल जस्तै भौगोलिक बनावट रहेको मदेइरामा सडक दुर्घटना भने कम हुने गरेका छन।

प्रतिक्रिया दिनुहोस्