१३ बैशाख २०८१, बिहीबार

 

विप्लवकाे बन्द : यी ठाउँमा भयो बम बिस्फोट (तस्बिरसहित)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको मुलुभर आंशिक प्रभाव परेको छ । देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटएका छन् । बन्द आव्हानकर्ताले केही ठाउँमा बम बिस्फोट गराएका छन् । मकवानपुरमा दुइ गाडीमा आगजनी भएको छ ।

यस्तै गण्डकी प्रदेशका केही जिल्ला बन्दले प्रभावित भएको छ । गण्डकी प्रदेशसभा भवन अगाडि बम भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गरेको छ । जिरोकिमी नजिकै अर्को शंकास्पद वस्तु फेला परेको छ ।

हेटौँडा उपमहानगरपालिका–३, तिनताप्केमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसरकुकुर जस्तै देखिने वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

काभ्रेको पनौतिमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । त्यस्तै बाँकेको कोहलपुरमा राखिएको प्रेसरकुकर बमपनि नेपाली सेनाले डिस्पोज पारेको छ ।
पाल्पामा सुतली बम विस्फोट भएको छ । रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बुधबार राति बम पड्किएको छ । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।

बाग्लुङ नगरपालिका–३ मा भेटिएको बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । यस्तै भैरहवाबाट बुटवल तर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थितमा पनि बम बिस्फोट भएको छ ।

यस्तै, बुटवलको ट्राफिकचोकमा शंकास्पद बस्तु फेला परेको छ । शिवम् मेसिनरी स्टोर अगाडि शंकास्पद बस्तु फेला परेको हो । पराल माथि राखिएको उक्त वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ ।

नवलपरासीको कावासोती नगरपालिका –२ मा बम विस्फोट भएको छ । बिहीबार बिहान साढे १० बजे भएको बिस्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको हो । सोही स्थानमा बोरामा बेरिएको अर्को शंकास्पद वस्तु फेला परेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार  बम निष्क्रिय  एक जना सेना घाइते भएका छन् ।  अन्य मानवीय क्षति भएकाे छैन् ।

प्रतिक्रिया दिनुहोस्