१३ बैशाख २०८१, बिहीबार

 

स्वास्थ्य मन्त्रालयको सचिवमा थपलिया

काठमाडौं। सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा रामप्रसाद थपलियालाई पदस्थापन गरेको छ। कर्णाली प्रदेशका प्रमुख सचिव रहेका रामप्रसाद थपलियालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको हो।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो गर्ने निर्णय गरको हो । यस्तै स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव राख्न सुरु गरे यता छोटो समयमा नै सचिवको हेरफेर हुदैं आएको छ। सचिव केदारबहादुर अधिकारी करीब दुई महिना र त्यसपछि आएका घिमिरे तीन महिना नपुग्दै स्वास्थ्यबाट सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्