१५ चैत्र २०८०, बिहीबार

 

बम भनिएकाे कुकरमा बासीभात 

काठमाडाैं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ । बन्दकै दिन स्थानीयलाई तर्साउन नक्कली बम देखि सक्कली बम राखिएको भेटिएको छ ।
बिहीबार बिहान मोरङको सुन्दरहरैचा नगरपालिकामा स्थानीयलाई तर्साउनका नक्कली कुकर बम राखिएको भेटिएको छ । सुन्दरहरैचा नगरपालिका ७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको प्रहरीले जनाएको छ ।

कुकर बम फेला परेको हल्ला चल्यो स्थानीय बासीहरुमा भागदौड मच्किँयो । पूर्व पश्चिम राजमार्गसमेत केही समय अवरुद्द भयो ।

बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ । कुकुरभित्र बसी भातसँगै केहि बारुद पनि भेटिएको प्रहरीले जनाएको छ ।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो ।

प्रतिक्रिया दिनुहोस्