११ बैशाख २०८१, मंगलवार

 

जिल्ला शान्ति सुरक्षाको अवस्था मजबुत

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख कृष्ण हरि शर्मा पोखरेलले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत भएको बताए ।

धौलागिरि संचार क्लब बागलुङको समसामयिक बिषयक २७ औँ साक्षात्कार कार्यक्रममा प्रहरी प्रमुख शर्माले बागलुङ जिल्लामा आत्महत्या र जबर्जस्ती करणीको घटना बढी रहेको यसलाई कम गर्ने वातावरण बनाइरहेको बताए ।

बागलुङ सदरमुकाममा लागू पदार्थ प्रयोग गर्ने को संख्या ६५ जना रहेको तथ्यांकसमेत साक्षात्कार कार्यक्रममा शर्माले प्रस्तुत गरेका थिए । जिल्लामा जथाभावी रूपमा पिकपमा यात्रु बोक्ने गरेको त्यसलाई ट्राफिक नियम अनुसार कारबाही नगरी निरूसाहित गर्न सार्वजनिक मुद्दा दर्ता गरेको शर्माले बताए ।

अहिले बहु बिबाहलाई कानूनी रूपमा अबैध मानेको छ तर बागलुङ जिल्लामा भने अझै पनि बहु बिवाहाको घटना भने बढी रहेको शर्माले भने।

बागलुङ जिल्लामा ५२७ जनाको दरबन्दी रहेकोमा हाल १५६ जना प्रहरी रिक्त रहेको कारणले गाउँ गाउँमा समस्या रहेको प्रहरी प्रहरी प्रमुख शर्माले बताए ।अहिले रिक्त रहेको दरबन्दी खाली रहेको हुदा शान्ति सुरक्षा दिनमा अपथ्थारो भइरहेको कार्यक्रममा शर्माले भने ।अहिले प्रहरी चौकीमा १० जना प्रहरी दरबन्दी रहेको यसले काम गर्न गार्‍हो भएको अब २५ जनाको दरबन्दी बनाउनु पर्ने साक्षात्कार कार्यक्रममा शर्माले भने ।

धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा स्वागत कोषाध्यक्ष कोपिला कडेलले संचालन सचिव प्रदीप पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्