८ बैशाख २०८१, शनिबार

 

स्टाफ कलेजमा खुल्यो जागिर

काठमाडौं। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।

प्रतिष्ठानले कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक एवंम खुला प्रतियोगिताद्वारा स्थायी रुपमा र नेपाल सरकार वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारी मध्येबाट काजद्वारा पूर्ति गर्नु पर्ने भएको भन्दै सूचना प्रकाशित गरेको छ।

वरिष्ठ अध्ययन निर्देशकदेखि वरिष्ठ सहायक सम्म आव्हान गरिएको दरखास्त दिने अन्तिम मिति बढुवा तर्फ बैशाख २० गते सम्म छ भने खुल्ला र आन्तरिक तर्फका लागि बैशाख २६ गते सम्म छ।

हेर्नुहोस् सुचना:

प्रतिक्रिया दिनुहोस्