६ बैशाख २०८१, बिहीबार

 

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेपनि बाँकी भूभागमा आजको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भेगका केहि स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको बताइएको छ।

महाशाखाका अनुसार आज राति पनि देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्