६ बैशाख २०८१, बिहीबार

 

जीप दुर्घटना : १५ जना घाइते

बागलुङ । बडिगाड गाउँपालिका–२ राक्सेमा जीप दुर्घटना भएको छ । झिवाखोलाबाट बुटवलका लागि छुटेको ग१ज ७०७२ नम्बरको जीप शुक्रबार बिहान ११ः १५ बजे राक्सेमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय खर्बाङका प्रमुख मनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार जीप अन्यत्रित भई बिजुलीको पोलमा ठोक्किएको छ । दुर्घटनाका घाइतेको अवस्था सामान्य रहेकाको कार्कीले जानकारी दिए ।  चालक राति बुटवलबाट बुर्तिबाङ पुगि बिहानै बुटवल हिँडेकाले निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्