७ बैशाख २०८१, शुक्रबार

 

अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन बैशाख ७ र ८ गते

काठमाडौं । अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन बैशाख ७ र ८ गते काठमाडौंमा हुने भएको छ । सम्मेलन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल अंग प्रत्यारोपण समाज र भारत अंग प्रत्यारोपण समाजको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । नेपालमा पहिलो पटक हुन लागेको यो सम्मेलन दुई दिनसम्म चल्नेछ ।
सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायत बेलायत, जापान, थाइल्याण्ड, अमेरिकाका अङ्ग प्रत्यारोपण विशेषज्ञ, चिकित्सक एवम् नेपालका ७७ जिल्लाका अस्पताल प्रमुख तथा नर्सिङका पदाधिकारीको सहभागिता हुने आयोजक समितिका संयोजक एवम् वरिष्ठ अङ्ग प्रत्यारोपण विशेषज्ञ प्रा. डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्मेलनको मूख्य उद्देश्य विकसित देशहरुको अंग प्रत्यारोपणको अवस्था बारे छलफल र अनुभव आदान–प्रदानमा गर्ने रहेको बताइएको छ ।
त्यसैगरी अंग प्रत्यारोपणमा लामो समयेदखि काम गर्दै आएका विकसित देशसँग भएको नयाँ प्रविधि, ज्ञान, सीप र अनुभवबारे छलफल पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्