१६ चैत्र २०८०, शुक्रबार

 

ABOUT US

सूचना, प्रविधिको युगमा हामी एउटा नविन यात्रामा निस्केका छौं । यो कुरा भन्न पाउँदा हामीलाई गौरवको अनभूति भएको छ । अनलाइन सञ्चार माध्यम खुल्ने लहरबीच हामी पनि जोडिन पुगेका छौं । यो एउटा जोखिमपूर्ण कदम पनि हुन सक्छ । तर, विश्वास छ, हामी लक्ष्यहरुमा पुग्नेछौं । अनलाइन सञ्चार माध्यमको विश्वव्यापी प्रभावकाबीच हामी यस्तो निधोमा पुगेका हौं । यो, विकसित समाजको माग र आकङ्क्षाको पूर्ति हो भन्ने हामीलाई लागेको छ । अखबारहरुको भविष्यबारे बहस चलेकै बेला हामीले अनलाइन पत्रिकाको तत्काल जरुरी ठान्यौं । ‘नयाँ विश्व डट् कम’ यसकै उपज हो । यसलाई विशुद्ध व्यावसायिक सञ्चार माध्यमको रुपमा स्थापित गर्ने दृढ संकल्प हामीसँग छ । त्यो, गर्न सकेनौं भने हामीले पराजित हुनेछौं । यहाँहरुको भरोसालाई हामीले कदापि टुट्न दिने छैनौं । नागरिकलाई सत्य, तथ्य र सन्तुलित समाचार÷सूचना प्रवाह गर्ने बाहेक अर्को कुत्सित उद्देश्य हामीसँग छैन । हामीले त झन्, आधारभूत तहका नागरिकको पक्ष लिने निर्णय गरेका छौं । लोकतन्त्रका मुल्य, मान्यता र आदर्शलाई दह्रो गरि पक्डेर हामी अघि त बढ्ने छौं, सँगै यसका विरुद्ध हुने हर्कतहरुको हामीले डटेर प्रतिवाद गर्नेछौं । नागरिक स्वतन्त्रताको पक्षमा हामीले सँधै वकालत गर्नेछौं । समृद्ध समाज र सुखी नागरिक तयार गर्न हाम्रा सञ्चार सामाग्रीहरु सानो स्तरमा भएपनि सहयोगी बन्नेछन् । हामीसँग कुनै नाफाको ध्येय छैन, बरु सेवाको विशाल हृदय लिएर यहाँहरुसामु आएका छौं । नेपाली पत्रकारिताको दशकौं पुरानो विरासतसामु हाम्रो प्रयास झिनो हुन सक्छ । तर, पवित्र र महान लक्ष्यले एकदिन हाम्रो दायरालाई अवश्य फराकिलो बनाउनेछ । दक्ष र निष्ठाबान पत्रकार, लेखकहरुको बलमा ‘नयाँ विश्व डट् कम’ खुलेको हो । यो झन् शसक्त त्यतिबेला हुनेछ जतिबेला हामीले यहाँहरुको विश्वास जितेका हुनेछौं । पत्रकारिताको सीमा र मर्यादालाई जहिल्यै सिरोधार्य गर्दै अघि बढ्ने प्रण गर्दछौं । अनुशासन ताडेको दिन हामीलाई पत्रकारिता गर्ने हक हुने छैन । यि सबै प्रतिवद्धताले हाम्रो व्यावसायिकतालाई प्रर्दशित गर्छ । अनलाइन पत्रिकाहरुको भीडमा केही नयाँ गर्न सकिएन भने हामी प्रतिस्पर्धी हुन सक्ने छैनौं । यहाँहरुको साथ, सहयोग र समर्थनले सदा हामीलाई सिर्जनात्मक हुन प्रेरित गर्नेछ । हाम्रा कामहरुप्रति यहाँहरु आलोचनात्मक भइदिनुहोस् । सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षासहित अहिलेलाई बिदा माग्यौं । धन्यवाद ।