ताजा समाचार

बैंक

साताको शेयर : एक अर्ब ९३ करोड कारोवार

काठमाडाैं ।  धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो । कारोवार छोटो समयमात्रै हुँदा १४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता शेयर रु नौ करोड ३८ लाख मूल्यमा… पुरा पढौ

पेट्रोलको भुक्तानी ‘आइएमई पे’बाट

पोखरा । गण्डकी धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अबदेखि पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ । मंगलवार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच सो सम्बन्धि सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलरका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गर्नुभएको हो । कार्यक्रमपछि संक्षिप्त मन्तब्य दिँदै पौडेलले यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवालिने सेवाग्राही लाभान्वित हुने प्रतिक्रिया दिनुभयो । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका… पुरा पढौ

८ प्रतिशत बोनश सेयर प्रभु बैंकले वितरण गर्ने

काठमाडौं। प्रभु बैंकको वार्षिक साधारण सभाले ८ प्रतिशत शेयर वितरण गर्ने भएको छ ।बैंकको १७औं बार्षिक साधारणसभाले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले संस्थापक समूह तर्फ कायम रहेको ६१।३१ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ३८।६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत कायम गर्ने निर्णय पििरत गरेको छ । उक्त पारित प्रस्ताव अनुसार बनाउने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गरी… पुरा पढौ

ग्लोबल आइएमई बैंकमा आगलागी

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो। स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन। पुरा पढौ

पृथ्वीनारायण क्याम्पसका विद्यार्थीसँग प्रभुको वित्तीय साक्षरता कार्यक्रम

पोखरा प्रभु बैंक बगर शाखाले सोमबार दमौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । बैंकले सामाजिक उत्तरदात्यिव अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा बिबिए अध्ययनरत विद्यार्थीसँग उक्त कार्यक्रम गरेको हो । क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लेखा व्यवस्थापन, बैंकिङ सेवा तथा सुविधा र बैंकको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकका शाखा प्रबन्धक हेमन्तबाबु आचार्यले जानकारी दिए । विद्यार्थीमा रकमको महत्व, बचत र उचित सदुपयोगबारे जानकारी हुन आवश्यक भएकाले उक्त कार्यक्रम आयोजना गरेको बैंकले बताएको छ । कार्यक्रममा विश्वमा वित्तीय सारक्षरताको अवस्था, नेपालमा यसको… पुरा पढौ

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर अमलेखगंजको आयल निगम परिसरमा

प्रभु बैंकको एक्स्टेसन काउण्टर अमलेखगंजस्थित नेपाल आयल निगम लिमिटेडको परिसरमा संचालनमा आएको छ ।बारा जिल्लाको अमलेखगंजमा खुलेको एक्स्टेसन काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले बिहीबार एक समारोहकाबीच गरेको थियो । काउण्टर संचालनले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न धेरै सजिलो हुने क्षेत्रीय प्रमुख यादवले बताउनु भयो ।उक्त कार्यक्रममा प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले एक्स्टेन्सन काउण्टरले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुलाई कारोबार गर्न सहज हुने र… पुरा पढौ

सिभिल बैंकले सेयरधनीलाई चार प्रतिशत नगद लाभांश दिने

सिभिल बैंकले आव २०७४/०७५ को नाफाबाट सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजी सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख दुई हजार ६९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ। कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त… पुरा पढौ

नबिल बैंकले १३ घातक रोगहरुको उपचार बीमा गर्ने

नबिल बैंकले व्यक्तिगत बचत खाता ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनिसंगको सहकार्यमा ३ लाखको घातक रोग बीमा तथा रु ७५ हजारको मृत्यु लाभ बीमा गरिदिने योजना ल्याएको छ । यो योजना मंसिर ९ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि जेनेरल मेनेजर रमेश प्रसाद लोहनी र मेटलाईफ बीमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत रामकुमार यादव बीच सम्झौता भएको थियो । १३ प्रकारका घातक रोगको बैंकले बीमा गरि दिने भएको हो । बैंकको यो योजना लागू… पुरा पढौ

रेशमा माछापुच्छ्रे बैँकको शाखा रहित बैँकिङ सेवा सुरु

माछापुच्छ्रे बैँक लिमिटेडले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा शाखा रहित बैँकिङ सेवा शुभारम्भ गरेको छ । यो सहित बैँकको शाखा रहित बैकिङको संख्या ६० पुगेको छ । बैँकका हालसम्म ६० वटा शाखा रहित बैँकिङ सेवा सुचारु रहेको बताइएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड उपलब्ध गराउँदै आएको छ । बैंकका देशभर ९३ वटा शाखाहरु र १ सय १३ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् । नेपाल राष्ट्र बैँकको मान्यता प्राप्त ‘क’… पुरा पढौ

आइएमई लाइफ इन्स्योरेन्स र कैलाश  बैंकबीच  सम्झौता

, काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाशविकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामा आइएमई लाइफइन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  श्रीचन्द्र भट्ट र कैलाशविकास बैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री अमृत चरण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सो बैंकअस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले कैलाशविकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्नु हुनेछ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७भन्दा… पुरा पढौ