ताजा समाचार

विचार/दर्शन

अनिल-मुकेश अम्बानीः अर्बपति दाइको सहयोगले जेल जानबाट जोगिए भाइ

भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट जोगाएका छन्।रिलायन्स कम्युनिकेशन्सका प्रमुख अनिल अम्बानीले तोकिएको म्यादभित्र एरिक्सन कम्पनीलाई साढे ५ अर्ब भारु नतिरेको भए उनी जेल जानुपर्थ्यो।यसअघि अनिल अम्बानीले सर्वोच्च अदालतको आदेशपछि पनि बक्यौता रकम तिर्न गर्न सकेका थिएनन्। र, अदालतको मानहानी गरेको अभियोगमा उनी जेल जाने अवस्था सिर्जना भएको थियो। यी हुन् भारतका पाँच युवा अर्बपति भारतीय अर्बपति अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने काइली जेनर २१ वर्षमै बनिन् अर्बपति, जकर्बर्गको कीर्तिमान भङ्ग कठिन समयमा दाइको साथ… पुरा पढौ

च्याउ खाँदा स्मरणशक्ति र मस्तिष्कमा क्षय हुने जोखिम घट्न सक्छ

सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ।च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ। मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे।तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध छ भनेर प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन्।न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा ६६३ जना ६० वर्षमाथिका चिनियाँ… पुरा पढौ

सेना कहिले राणाको, कहिले राजाको किन हुन्छ ?

बीपी कोईराला फागुन २०१७ । आजदेखि लेख्ने बानी थाल्नुप¥यो । हामीहरु थुनिएको आज ठिक दुई महिना भयो । यी ६० दिन निराशा र आशाका तरङगमा बिते । समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहेँ । वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो । तरुण दलको सम्मेलनमा मैले आफ्नो उद्दघाटन भाषण समाप्त मात्र गर्न पाएको थिए । कि दरबारको एउटा कर्नेल समरराज बर्दिमा देखा परे । सम्मेलको कार्यक्रम जारी छ । कर्नेलले मेरो अंगरक्षक कप्तान महतलाई बाहिर लिएर गए ।… पुरा पढौ

भारतबासीका लागि १२ मार्च गान्धीलाई स्मरण गर्ने दिन

१२ मार्च भारतको इतिहासमा ऐतिहासिक दिन हो । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अझै लडाइको मोर्चामा रहेको उद्घोष गरेर गान्धी र १२ मार्चलाई स्मरण गरे ।  दक्षिण अफ्रिकाको २१ बर्ष बसाईपछि सन् १९१५ मा गान्धी भारत फर्किएका थिए । त्यसको २ बर्षपछि सन् १९१७ मा उनले भारतमा पहिलो सत्याग्रह गरे । ‘तीन कठिया’ कर बिरुद्धको सत्याग्रह , चम्पारण सत्याग्रह नामले परिचित छ । याे सत्याग्रहले दक्षिण अफ्रिकामा जस्तै ब्रिटीश सरकारलाई झुकाइदियो । [caption id="attachment_33344" align="alignright" width="150"] - सञ्जय पन्थी[/caption] उक्त… पुरा पढौ

शेरबहादुर देउवाको जनै खोइ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा यतिबेला बेनी छन् । पछिल्लो समय देउवा पौडेलबीच राजनीतिक रुपमा केही मतभेद देखिन्छ । जस्ता सुकै विषयमा पनि यी दुई पक्षबीच सजिलै सहमति हुन गाह्रै पर्छ । तर, शनिबार यही नोट अफ डिसेन्ट राजनीतिकोबीच दुबै नेताहरु म्याग्दीको तातोपानीमा सँगै स्नान गरेका छन् । शनिबार विहान दुबैजना तातोपानीको तलाउँमा भेटिए । उनीहरु आफ्नो राजनीतिक असमझदारी विर्सिएरसँगै म्याग्दीको तातोपानीमा पुगेको घटनाले काँग्रेस कार्यकर्ताहरुमा नयाँ सन्देश गएको छ… पुरा पढौ

भारतको निर्वाचन आरोप र प्रत्यारोपको जुहारीसँगै मैदानमा

-सञ्जय पन्थी भारतमा निर्वाचन केन्द्रित चर्चा र विश्लेषण गर्ने क्रम जारी छ । दुई धुर्वमा बाँडिएको भारतको राजनीतिमा सरकार पक्षिय गठबन्धन र विपक्षी कांग्रेस नेतृत्वको महागठबन्धनमा दलहरु विभाजित छन् । भारतको निर्वाचन आरोप र प्रत्यारोपको जुहारीसँगै दलहरु चुनावी मैदानमा उत्रिएका छन् । नतिजा कस्को पक्षमा आउँला आफैमा जिज्ञासाको बिषय भएको छ । निर्वाचनलाई मध्यनजर गरेर उत्तर प्रदेशका दुई ठूला पार्टी समाजवादी दल र बहुजन समाजवादी दलले निर्वाचन केन्द्रित गठबन्धन गरेका छन् । काँग्रेस नेतृत्वको गठबन्धनमा ती दलका झुकाव रहेपनि सपा,… पुरा पढौ

‘रुल अफ ल’ बिना जतिसुकै बहुमतको सरकार भएपनि ‘देशले समृद्धि प्राप्त गर्न सक्दैन्’

-भरतमोहन अधिकारी वर्तमान केपी ओली सरकारले समृद्धिको लक्ष्य तय गरेको छ । त्यसैले यतिबेला समृद्धिका बारेमा जिज्ञासा र चर्चा हुने गरेको छ । सामान्य भाषामा समृद्धि भनेको देशको चौतर्फी बिकास हो । जहाँ कृषिको आधुनिकीकरण होस,गाउँ गुल्जार होस् । बैज्ञानिक कृषि प्रणाली लागु होस् । हाम्रो कृषि उत्पादन बढोस् । उत्पादन निर्यात गर्न सकियोस् । आयत बिस्थापन गर्न सकोस् । बिद्युत उत्पादन गर्न सकियोस्, बिद्युत उत्पादनले अर्थतन्त्र सवल बनाउन सहयोग गर्न सकोस्, लगानी मैंत्री नीतिले उद्योग कलकारखाना देखि उद्योग ब्यवसाय… पुरा पढौ

‘नेपालमा हुने हवाई दुर्घटना एउटै प्रकृतिका छैनन्’

-सचिन्द्र श्रेष्ठ 'नेपाली आकाशमा हवाई दुर्घटना दोहोरिएको छन् । तर त्यसको निराकरण अहिलेसम्म हुन सकिरहेको छैन् । हवाई दुर्घटना यस्तो दुर्घटना,हो जसले जन धनको क्षतिमात्र नभएर राष्ट्रिय रुपमा सम्पत्तिको क्षति भैरहेको हुन्छ । आखिर दुर्घटनाबाट मानवीय बिवेक नै एक मात्र उपाय हो । हवाई दुर्घटनाबाट मानिस बाँच्न सक्ने सम्भावना न्यून रहन्छ ।' मौसमका हिसाबले भु–मध्ये रेखाको उत्तरी अक्षांसमा यतिबेला मौसमको प्रतिकूल असर परेको छ । त्यसको प्रत्यक्ष असर हवाई मार्गमा समेत देखिएको छ । जसको कारण बिहीबार ताप्लेजुङमा भएको मन्त्री… पुरा पढौ

भारत–पाकिस्तानबीच हुने युद्धले समाधान गर्छ त ‘कश्मिर समस्या’ ?

एजेन्सी फेब्रुअरी १४ मा भारत प्रशासित कश्मिरको पुलवा जिल्लामा अर्ध–सैनिक प्रहरी बल (सीआरपीएफ)को गाडीमा आत्मघाती आक्रमण भयो । आक्रमणमा ४० सीआरपीएफ जवानहरुको मृत्यु भयो । पाकिस्तानमा आधार रहेको जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लियो । घटनालाई जुन तरिकाले भारतीय मिडिया र सामाजिक सञ्जालमा देखाइयो, त्यसबाट देशभरी आक्रोश र शोकको वातावरण बन्यो । राजधानीमा ल्याइएका जवानहरुको शवलाई भारतका प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली दिएको दृश्य टीभीमा देखाइयो । यसले भारतीयहरुमा थप आक्रोश बढायो । यो आक्रोशले सरकारमाथि केही न केही गर्ने दबाब बढायो । भारतमा… पुरा पढौ

होचि मिन्हले भियतनाममा ५० वर्षसम्म यसरी लडे साम्राज्यवाद विरुद्ध लामो देशभक्तिपूर्ण कठिन युद्ध

दक्षिण पूर्वी एसियाको एक सानो देश भियतनामको स्वतन्त्रताको निम्ति भियतनामी जनताले पहिले फ्रान्सेली साम्राज्यवादसँग र पछि अमेरिकी साम्राज्यवादसँग लगभग ५० वर्ष लड्नुप¥यो । फ्रान्सेलीहरूले सन् १८६८ मा सैगोन कब्जा गरेका थिए । स्वतन्त्रताको निम्ति लड्ने एक किसान योद्धा वेन त्रुंग त्रुकले मृत्युदण्ड पाउनु पहिले भनेका थिए “जबसम्म यो देशमा घाँस उम्रिन्छ, आक्रमणकारीहरूको विरुद्ध लड्नेहरू पनि जन्मिरहन्छन् ।” यही परम्पराको आधारमा भियतनामी देशभक्तहरूले सङ्घर्षका हरेक किसिमका रुपहरूको अवलम्बन गरे । ३ मे, १९३० मा भियतनामका तीन कम्युनिष्ट समूहहरूको एकीकरण सम्मेलन हङ्गकङ्गमा भयो, जसको पहलकदमी का.… पुरा पढौ