ताजा समाचार

अर्थ संसार

सिटिजन्स बैंकको सिइओमा पोखरेल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा उनले ०६५ साल देखि दोस्रो बरियतामा रहेका गणेशराज पोखरेल नियुक्त भएका छन्। पोखरेललाई बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्ति गरेको हो। पोखरेल स्थापनाकाल देखिनै बैंकसँग आबद्ध व्यक्ति हुन्। यसबीचमा उनले विभिन्न पदमा रहेर बैंकमा विभिन्न जिम्मेवारीमा रही कार्यसम्पादन गरिसकेका छन्। व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा लामो कार्यअनुभव बटुलेका पोखरेलले दुई वटा विषयमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ र काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा उनी स्नातकोत्तर उत्तीर्ण छन्। उनले कानुनमा स्नातकसमेत गरेका… पुरा पढौ

दाङ्ग र सल्यानमा आइएमईलाइफ इन्स्योरेन्सका शाखा सहित कारोबार प्रारम्भ

दाङ्ग । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङ्गको घोराहीमा आयोजित एक विशेष समारोहकावीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभयो । शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई उद्घाटन ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको स्मरण गर्नुभयो । आम सेवाग्राहीहरूलाई सवै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको… पुरा पढौ

महिला उद्यमी विकास समितिको ८ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा केसी

बागलुङ ।बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको २० औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको हो ।जस्को अध्यक्ष भगवती केसी, उपाध्यक्ष–सनिसा घर्ती, सचिवजुनु श्रेष्ठ जिसी, कोषाध्यक्ष विष्णुकुमारी शर्मा, सहसचिवसिता राजभण्डारी सर्वसम्त रुपमा चयन हुनुभएको हो । साथै महिला उद्यमी विकास सतिमिमा लक्ष्मी पौडेल खत्री, नारायणदेवी राजभण्डारी, मेनुका शाक्य, कल्पना श्रेष्ठ, पविना भारी, नन्दकली अधिकारी, शेरातुन बेगम, विजया श्रेष्ठ र रेणु केसी सदस्य रहनुभएको छ… पुरा पढौ

समृद्धिका लागि झुोलुङ्गे पुलले टेवा दिन्छः अध्यक्ष तिमिल्सिना

बागलुङः राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले समृद्धिका लागि झोलुङ्ग पुलले टेवा दिने बताउनुभयो ।बागलुङ र पर्वत जिल्लालाई जोड्ने गरी निर्माण गर्न थालिएको नेपालकै लामो झोलुङ्गे पुलको आज शिलान्याश पछि बोल्दै तिमिल्सिनाले पुललाई आयात निर्यातका लागि प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पुलै पुलले देशमा पर्यटन संभावनाको ढोका खोल्ने बताउनुभयो । पुलको निर्माणपछि बागलुडको आर्थिक बजारमा महत्वपुर्ण योगदान दिने बागलुड नगरपालिकाको मेयर जनक राज पौडेलले बताए ।यस पुलको निर्माणले पर्वत र बागलुडको कृषि ,व्यापार ,शिक्षा ,स्वास्थ्य ,पर्यटन लगाएतको क्षेत्रमा… पुरा पढौ

बागलुङ,नारायणगढसहित सातै प्रदेशबाट शेयर खरिद गर्न सकिने

काठमाडौं । धितोपत्रको हकप्रद शेयर निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयरको लिलाम सातै प्रदेश मुकामबाट गर्न सकिने भएको छ । त्यसले  शेयरमा   लगानी गरेका मोफसलका शेयरधनीलाई शेयर भर्न राजधानी आइपुग्नु पर्ने अवस्थाकाे अन्त हुने भएको छ । बोडका अनुसार प्रारम्भिक शेयर (आइपीओ) का लागि नभएर हकप्रद शेयरका लागि काठमाण्डौ उपत्यका वाहिरका प्रादेशिक शहरबाट समेत शेयरको आवेदन गर्न सकिने भएको छ । प्रदेश नं १, विराटनगर र विर्तामोड, प्रदेश नं २, विरगंज र जनकपुर,… पुरा पढौ

जैमिनीमा बिदेश पलायन रोक्न स्थानीयलाइ राेजगारमूलक तालिम

बागलुङ । जैमिनी नगरपालिकाको कुश्मिसेरामा ३ दिने राेजगारमूलक मिस्त्री तालिम आइतबारबाट सुरु भएको छ । जैमिनी नगरपालिकाको दिगो विकास कार्यक्रम अन्तरगत जैमिनी नगरपालिकाको आयोजनामा नगरपालिकाका प्रत्येक वडाका कम्तिमा २÷२ जनाको लागी ३ दिने कालिगढ (मिस्त्री) तालिम सुरु गरिएको हो । तालिममा नापजाँच र नक्सा हेर्ने तरीका, वाल लगाउने, जाली तथा ग्याविन भर्ने, सोलिङ गर्ने, जग खन्ने लगाएतका कुराहरु सिकाइने तालिमका सहजकर्ता तथा नगरपालिकाका प्राविधिक प्रकाश पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा काम गरिरहेकाहरुलाई पनि थप अनुभव र नक्सा सम्बन्धी जानकारी, फिल्डमा नक्सानुसार… पुरा पढौ

बागलुङका चार ‘नमूना गाउँ’छनौट

तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस बागलुङ । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनौट भएका छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला स्तर छनौट समितिले सिफारिस गरेअनुसार सदर गर्दै हालै नमूना कृषि गाउँहरु छनौट गरेको हो । गण्डकी प्रदेशले ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनौट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ क्षेत्र नम्बर १ को (क) मा पर्ने काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश गाउँ र… पुरा पढौ

काठेखोला ‘एक वडा, एक पहिचान’काे तयारीमा

बागलुङ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच वर्षमा ‘एक वडा, एक पहिचान’ बनाउने महत्वाकांक्षी योजना ल्याएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाको रुपमा विकास गर्न ‘एक वडा, एक पहिचान’ कार्यक्रम ल्याएको जानकारी गराएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममा एक वडा एक पहिचान स्थापीत गर्ने गरी गाउँपालिकाका आठ वडालाई भौगोलिक, साँस्कृतिक तथा उत्पादनका हिसावले वर्गिकरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी गराए। ‘प्रत्येक वडामा फरक–फरक पहिचान स्थापीत गर्ने गरी कार्यक्रम ल्याएका हौं’… पुरा पढौ

संसारका १० सर्वाधिक धनि व्यक्तिहरु, जस्काे कति छ सम्पत्ति ?

काठमाडौं । एमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। यो सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्य हो। तथ्यांक अनुसार उनको अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेको छ । त्यसैका आधारमा उनी आधुनिक कालका सर्वधिक धनी व्यक्तिका रुपमा चिनिएका छन् । तर उनी संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्। संसारका सबैभन्दा धनी व्यक्ति अहिले पनि १४औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्।  उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो। मुसाको सम्पत्तिको… पुरा पढौ

साना उद्योगलाई समृद्धिको आधार बनाउन प्रदेश उद्योगमन्त्रीको आग्रह

काठमाडौं । सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । एक नम्बर प्रदेशका मन्त्री कुशियतले साना उद्योगहरू नै मुलुकको आर्थिक समृद्घिको मुख्य आधार बन्न सक्ने बताए । प्रदेश नं.१ सरकार साना उद्योग तथगा धन्दा सञ्चालन गरेर नागरिकको आय स्तरमा बृद्धि गर्न केन्द्रित रहने उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धनका लागि स्थानीय निकाय, प्रदेश… पुरा पढौ