ताजा समाचार

नेतृत्व

गाउँपालिकाले शुरू गर्यो ‘सामाजिक विकृति न्यूनिकरण अभियान’

कमल पौडेल बडिगाड । बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरणको लागि विशेष पहल गरिने भएको छ। गाउँपालिका भित्रको अनियन्त्रीत मदिरा, जुवातास, दाइजो प्रथा, छुवाछुत, महंगी लगाएतका सामाजिक विकृति न्यूनिकरणको लागि पालिकाले पहल शुरु गर्ने भएको हो। जस अन्तरर्गत चैत्र ८ गते पालिका भित्रका सबै जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, पेशाकर्मी, व्यावसायी तथा आम सर्वसाधरणलाई भेला गरि सामाजिक विकृति विरुद्ध सामूहिक रुपमा प्रतिवद्धता मार्फत समाज सुधारको अभियान शुरु गर्न लागिएको हो। लामो समयको पूर्व तयारी पछि सो अभियान घोषणा… पुरा पढौ

कोरोना एकेडेमीका विद्यार्थीले गरे आश्रमलाई सहयोग

बागलुङ । कोरोना एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर यहाँ रहेको एक आश्रमलाई सहयोग गरेका छन् । युवा रेडक्रस सर्कलमा आबद्ध बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको कोरोना एकेडेमीका विद्यार्थीहरुले मानव सेवा आश्रमलाई आफ्नो खाजा खर्च कटाएर जम्मा भएको रकमले खाद्यान्न सहयोग गरेका हुन् । पाँच हजार बराबरको खाद्यन्न सहयोग गरिएको हो । विद्यार्थीहरुले चामल, दाल, नुन, तेल, चिनी, भुजा, सावुन लगायतका खाद्यान्न खरिद गरेर आश्रमलाई हस्तान्त्रण गरेका हुन् । मानविय भावनाको बिकास गर्ने भन्दै खाजा खर्च कटाएर बचेको रकमले मानव सेवा… पुरा पढौ

भाषासेवी मोहनराज शर्माको ७८ वर्षको उमेरमा निधन

काठमाडौँ– भाषासेवी मोहनराजको शर्माको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । शर्माको उपचारका क्रममा बिहान ६ बजेर ३५ मिनेटमा काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो । ७८ वर्षीय शर्माका दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् । दमबाट थलिएका शर्मा विगत १० दिनयता अस्पताल भर्ना भएका थिए । उनी प्रेसर र सुगरबाट समेत पीडित थिए । नेपाली साहित्य क्षेत्रमा प्रयोगवादी धारामा कलम चलाउने शर्माको पहिलो रचना २०१६ सालमा ‘बिलू निबन्ध’ प्रकाशित भएको थियो । उनको नेपाली भाषाको… पुरा पढौ

कालिका कन्या माविमा ६ जना दाताले बनाई दियो ६ ओटा कोठा

कालिका कन्या माविमा ६ वटा कोठा बनाई दिने र अन्य सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको छ ।आफ्नो बुबाआमा ,सासु सुसुरा ,श्रीमान ,श्रीमतीको सम्झनामा ६ लाख ५० हजारको दरले कोठा बनाई दिने रमण कुमार श्रेष्ठ ,भिमसेन कुमार श्रेष्ठ ,श्रवणलाल शाक्य ,समिर कुमारी श्रेष्ठ ,विमला भारीलाई सम्मान गरिएको छ । जग्गा दाता कृष्ण कुमार श्रेष्ठ, ३० हजारको खानेपानीको र शैक्षिक सामान दिनु हुने कल्पना भारी श्रेष्ठ ,१ लाखको खानेपानीको सामान दिनुहुने मन्दिरा श्रेष्ठ, ४५ हजारको सेतो पाटी दिनुहुने इश्र्वर श्रेष्ठ र सोनि… पुरा पढौ

संसार छाडेको २८ वर्ष बितिसक्दा गायक नारायण गोपाल नाम आज पनि उत्तिकै अमर

काठमाडौँ । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकैछु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन… पुरा पढौ

शिवशंकरको रोचक प्रगति: वर्कसपको कामदारदेखि बजाज स्वरुमको मालिकसम्म

चितवनको माडी घर भएका शिवशंकर शाह १० कक्षामा पढ्थे । त्यस बेला घरमै भएको मिलमा उनका बाबुले काम गर्थे । उनी मिलमा बाबुलाई सहयोग गर्थे । मिलका पाटपूर्जा फेर्ने, मर्मत गर्ने काम हुँदा उनले विशेष रुचि दिएर हेर्थे । जानि नजानि आफूपनि काम गर्न अघि सर्थे । घर नजिकै कृषि विकास बैंक थियो । बैंकका कर्मचारीका लागि बैंकमा एउटा मोटरसाईकल थियो । उनीहरुले त्यो मोटरसाईकल चढेर ओहोर दोहोर गरेको उनले दिनहुँ जसो देख्थे । शिवशंकसरलाई कर्मचारी जस्तै आफू पनि मोटरसाइकलमा… पुरा पढौ

नेपाल जेसीजको अध्यक्षमा पूर्वउपाध्यक्ष राजभण्डारीको उम्मेदवारी

नेपाल जेसीजका पूर्व उपाध्यक्ष सुदिप राजभण्डारीले नेपाल जेसीज वर्ष २०१९ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि उनले उम्मेदवारी दर्ता गरेका हुन् । महाधिवेशन अगामी पुसको ७ गतेदेखि १० गतेसम्म जनकपुरमा हुँदैछ । उनी बागलुङ जेसीजका पूर्वअध्यक्ष समेत हुन् । राजभण्डारीले जेसीजलाई नेपालका युवाहरुको भरोसा योग्य संस्था बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उम्मेदवारी दर्तापछि आफ्नो प्रचार अभियानलाई तिब्र रुपारेका राजभण्डारीले युवाहरुलाई व्यवसायी बन्न उत्प्रेरीत गर्दै नेपाल जेसीजको सचिवालयलाई… पुरा पढौ

राजभण्डारी बने गैसस महासंघको केन्द्रीय सदस्य

डिसिआरडिसी बागलुङका अध्यक्ष तथा गैर सरकारि संस्था महासंघ बागलुङका सदस्य अध्यक्ष इश्वर लाल राजभण्डारी गैसस महासंघ नेपालको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । हालै काठमाडौंमा सम्पन्न गैरसरकारी संस्था महासंघको नबौं महाधिवेशनले उनलाई केन्द्रीय सदस्य निर्वाचित गरेको गैरसरकारि संस्था महासंघ नेपाल बागलुङका सचिव मणिभद्र शर्माले जानकारी दिए । उनी बागलुङका सक्रिय गैससकर्मी मानिन्छन् । पुरा पढौ

‘बहुदलको पक्षमा जनमत तयार गर्न ठुलो जोखिम मोले ’ राजभण्डारी

साठी बर्ष अघि धार्मिक बिषयका पुस्तक पाउन राजधानी काठमाण्डौ नपुगेसम्म संभव थिएन । कतिपय पुस्तकका लागि काशी जानुपर्ने बाध्यता थियो । त्यही समयमा यहाँका लालचन्द्र राजभण्डारीले खोलेको पसलले धेरै धार्मिक आस्था राख्नेको चाहना पुरा गरिदियो । धार्मिक आस्थाका मात्र नभइ त्यतिबेला राजभण्डारीले कम्प्युनिष्ट बिचारधाराका पुस्तक पनि बेच्थे । माओत्सेतुङ, कालमाक्र्स, लेलिन, च्वे ग्वाभारा, लगायतका व्यक्तिका जीवनी, कम्युनिष्ट बिचारधाराका सबै पुस्तकहरु पाईने पसल पनि उनकै हो । धार्मिक पुस्तक बेच्ने पसलको रुपमा बाहिर देखाएर उनले वामपन्थी बिचार फैलाउने काम समेत गर्दा… पुरा पढौ

नेपाल भाषा मंकाः खलको संस्थागत विकास गर्न समाजसेवि श्रेष्ठले गरे १ लाख सहयोगको घोषणा

नेपाल भाषा मंकाः खल बागलुङको संस्थागत विकास तथा भाषा, कला र सँस्कृतिको संरक्षणको लागि समाजसेवि पुष्पामान श्रेष्ठले एक लाख रुपैयाँ आर्थिक सहयोग रकम प्रदान गर्ने घोषणा गरेका छन् । उनले मंकाः खलमार्फत यी काम गर्न सो रकम प्रदान गरेका नेपाल भाषा मंका ःखलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । ‘बागलुङको नेवार भाषा, कला र सँस्कृति संरक्षण तथा प्रचार–प्रसार गरि पहिचान स्थापित गर्न उहाँले हामीलाई यति ठूलो रकम प्रदान गर्नुभएको छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘उहाँप्रति हामी आभारी छौँ ।’ राजभण्डारीले मंका… पुरा पढौ