ताजा समाचार

पर्यावरण

आजको मौषम :पानी र हिमपातको सम्भावना !

आजदेखि मौसम फेरी वदली हुने भएको छ । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडि क्षेत्रमा हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण आज पश्चिमी क्षेत्रमा, भोली देशभरी र पर्सी बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद गंगा नगरकोटीले जानकारी दिनु भएको छ । यस्तै पश्चिमी उच्च पहाडि र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडि र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको… पुरा पढौ

मौसम : मेघ गर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ ।… पुरा पढौ

मुस्ताङमा हिउँले पुरिएर १ हजार भेडाच्याङ्गा मरे

बागलुङ । मुस्ताङमा हिउँले पुरिएर भेडाच्याङ्गा मरेका छन् । पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयौँ भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चौँरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् । मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयौँको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोमान्थाङको चुम्जुङमा… पुरा पढौ

माैसम : मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । देशको पश्चिम, मध्यपश्चिम र पूर्वीय भागहरुमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो नेपालका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको हुने संभावना रहेको छ । देशका उच्च पहाडी भुभागमा भने, हिमपातको सम्भावना रहेको छ । त्यस्तै, आइतबार देशका मध्य र पूर्वी भु-भागमा मौसम परिवर्तन हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालका थोरै स्थान र मध्य र पूर्वी भु भागका केही स्थानहरूमा मेघगर्जन सहितको वर्षा हुने सम्भावना छ… पुरा पढौ

धौलागिरीका उपल्लो भागमा हिमपात, तल्लो भागमा बर्षा

धौलागिरीका बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका उपल्लो भागमा बुधवार विहानैदेखि हिमपात भइरहेको छ भने तल्लो भागमा भारी बर्षा भइरहेको छ । यी क्षेत्रका माथिल्लो भेगका स्थानीयहरुले पाँचौ पटक हिउँ परिरहेको वताएका छन । तल्लो भेगमा भारी बर्षा भइरहेको स्थानीयको भनाई छ । बुर्तिबाङ हिडेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहितको टोलीले विहानै घोडावाधे पुगेर हिउँ खेलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले ती फोटाहरु भाइरल भइरहेका छन । हिमपातका कारण माथिल्लो भेगको जनजीवन कष्टकर बनेको छ भने तल्लो भेगका… पुरा पढौ

हिमपातले सयौँ चौरी मरे, कयौँ वेपत्ता

महीनौँको निरन्तर हिमपातले मनाङमा चौँरी मर्न थालेका छन्। मनाङका चौरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मर्ने क्रम वढेको छ। मनाङमा दुई हजारको सङ्ख्यामा रहेका चौँरी अहिले के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन। कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन्। जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको अवस्था कस्तो छ भन्ने अत्तोपत्तो छैन। तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता छन्। ६० भन्दा बढी चौरी मरेका… पुरा पढौ

देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, कहिले खुल्छ मौसम?

आज (बुधबार) काठमाडौं उपत्यकासहित देशभर मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौं उपत्यकासहित देशभरजसो मेघगर्जनसहित वर्षा हुने अनुमान छ। मेघगर्जनसहित वर्षा हुने भएकाले चट्याङको पनि खतरा छ। यसबाट सजग रहन मौसमविद् बासीकाे सुझाव छ। उनका अनुसार पश्चिमी वायुको प्रभावले अहिले पूर्वी र पश्चिमी जिल्लाका उच्च पहाडी भूभागमा हिमपात तथा देशका धेरै ठाउँमा पानी परिरहेकाे छ। माैसमविद् बासीले भनिन्, ‘पोखरा, नेपालगन्ज, भरतपुरमा अहिले पानी परिहेको छ भने जोमसोमलगायत हिमाली क्षेत्रमा हिमपात… पुरा पढौ

सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने

काठमाडौँ / पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन ः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने मौसमविद् बासीले बताउनुभयो… पुरा पढौ

काठमाडौंसहित देशभर मौसम बदली, कहाँ-कहाँ पर्छ पानी?

आज (शुक्रबार) पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशको पश्चिमी भेगमा बिहीबारदेखि नै वर्षा जारी छ भने काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका पनि केही स्थानमा पानी पर्ने सम्भावना छ। ‘पश्चिमी क्षेत्रमा त अहिले पनि वर्षा भइरहेको हुन सक्छ,’  मौसमविद् नगरकोटीले भनिन्, ‘अपराह्नपछि काठमाडौंसहित देशका मध्य तथा पूर्वी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ।’ मौमस पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहने देखिन्छ, पश्चिमी भू-भागका अधिकांश… पुरा पढौ

पृथ्वी २० वर्ष यताकै हराभरा, चीन र भारत हराभरापनको कारक

पृथ्वी २० वर्षयताकै हराभरा भएको छ। नासाको नयाँ अध्ययनले पृथ्वी २ दशक यताकै हराभरा भएको जनाएको हो। अन्तरिक्षबाट भू–उपग्रहमार्फत गरिएको अध्ययनमा विश्वको शक्तिशाली अर्थतन्त्र भएका चीन र भारत वृक्षारोपनमा सक्रिय भएको देखिएको छ। चीन र भारतका कारण पृथ्वी हराभरा भइरहेको जनाइएको छ। सन् १९९० को मध्येमा पहिलो पटक भू–उपग्रहमार्फत पृथ्वीको हराभरापनको अध्ययन गरिएको थियो। बोस्टोन विश्वविद्यालयका प्राध्यापक रंग माइनेनीको नेतृत्वमा पहिलोपटक यस्तो अध्ययन भएको थियो। नासाको २ भू–उपग्रहले विगत २० वर्षदेखि पृथ्वीको हराभरापनको अध्ययन गरिरहेको थियो। मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोडायोमिटर… पुरा पढौ