ताजा समाचार

विज्ञान/ प्रविधि

नासा: ‘पृथ्वीको वायुमण्डलमा एउटा विशाल उल्का विस्फोट भएको थियो’

नासाका अनुसार पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको थियो।उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो।तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन।उक्त अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको उर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो। ‘पृथ्वी जत्रै सात ग्रह अस्तित्वमा’ चन्द्रमाको 'पृष्ठभाग'मा के गर्दैछ चीनको यान नासाका ग्रह प्रतिरक्षा अधिकारी लिन्डले… पुरा पढौ

आयो फोल्ड गर्न मिल्ने स्मार्टफोन

सामसुङले फोल्ड गर्न मिल्ने अर्थात फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनले फाइभ जी प्रविधिमा आधारित वायरलेस टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ । यसलाई सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरूपमा विकास गरिएको छ र यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का साथै अरु विशेषता थपिएको छ । अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको उक्त फोल्डेबल स्मार्टफोनको नाम ‘ग्यालेक्सी फोल्ड’ राखिएको छ । यो एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट छ अर्थात उक्त स्मार्टफोनलाई पुरै खोल्दा ट्याबलेटका रूपमा प्रयोग गर्न सकिन्छ भने फोल्ड गर्दा स्मार्टफोनका… पुरा पढौ

प्रदेश स्तरीय सूचना प्रविधि मेला

  गण्डकी प्रदेश स्तरीय सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक–२०१९’ पोखरामा हुने भएको छ । नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने दशौँ संस्करणको मेला यही फागुन १८ देखि २४ गतेसम्म चल्नेछ । आयोजक कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले मंगलबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पुरा भएको जनाएको हो । मेलामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताउनुभयो । मेलामा बृहद प्रविधि प्रदर्शनी, प्रदेश स्तरीय टाइपिङ्ग, सूचना प्रविधि सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता,… पुरा पढौ

पोखरामा विज्ञान प्रविधि मेला हुँदै

पोखरामा हुन लागेको गण्डकी प्रदेश स्तरीय १० औँ क्यान इन्फोटेक मेला २०७५ को बारेमा पर्वतमा पत्रकार भेटघाट कार्यक्रम राखेर जानकारी गराईएको छ । कम्प्यूटर एसोसिएसन नेपाल महासंघ, बागलुङ आयोजनामा पत्रकार भेटघाट गरीएको हो भने मेलाको आयोजना कम्प्यूटर एसोसिएसन नेपाल महासंघ, कास्कीले आयोजना गरेको हो । आयोजकका अनुसार यही फागुनको १८ गतेदेखि २४ गतेसम्म पोखरामा मेलाको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले मेला ब्यपारिक भन्दा पनि प्रबिधिको क्षेत्रमा आएका आधुनिक उपकरणहरुको प्रर्दर्शनी गर्नका लागि आयोजना… पुरा पढौ

सामाजिक सञ्जाल ‘असामाजिक’ भएपछि विधिमा ल्याइँदै

 काठमाडौं । सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता हुनुपर्नेछ भने नेपालमा दर्ता नभएका व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा सरकारले रोक लगाउन सक्ने व्यवस्था गरिएको छ । नयाँ कानून कार्यान्वयनमा… पुरा पढौ

ह्याकरले बिक्रीमा राखे ६१ करोड अनलाइन अकाउन्ट, यी हुन् ह्याक भएका १६ अकाउन्ट

विभिन्न १६ वटा वेबसाइटहरुका ६ सय १७ अनलाइन अकाउन्टहरुका विवरणहरुलाई ह्याकरले लिलामीमा राखेका छन् । डार्क वेबमा ती विवरणहरु बिक्रीमा राखिएको खुलासा भएको हो । द रजिस्टर डट को डट युकेको रिपोर्ट अनुसार ती अकाउन्टका डाटाहरु टर नेटवर्कको ड्रिम मार्केटमा खरीद गर्न सकिन्छ । बिक्रीमा राखिएका अकाउन्ट डाटाहरुमा अकाउन्ट प्रयोगकर्ताको व्यक्तिगत विवरण, स्थान, पासवर्ड, इमेल ठेगाना, सोसल मिडिया अथेन्टिकेसन सम्बन्धी जानकारीलगायत रहेका छन् । अकाउन्टहरु लिलामीमा राखिएका १६ वेबसाइट यी हुन्ः ·       Dubsmash (www.dubsmash.com) : १६ करोड २० लाख ·       MyFitnessPal (www.myfitnesspal.com)… पुरा पढौ

बागलुङका ५८ संघसंस्थामा सौर्य उर्जा जडान

बागलुङ । बागलुङ नगरपालिका भित्र रहेका ५८ धार्मिक स्थलहरुमा सौर्य उर्जा जडान गरिएको छ । बागलुङमा ७५ धार्मिक संघसंस्था रहेका छन् । बाँकी १७ संस्थानमा पनि सौर्य उर्जा जडान गर्ने तयारी भइरहेको छ । स्थानीय विकास मन्त्रालय, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सौर्य उर्जा जडान गरिएको हो । उक्त कार्यको लागि हालसम्म ५० लाख रुपैयाँ भएको जनाइएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले उपभोक्ताको ४० प्रतिशत लगानी र केन्द्रको ६०… पुरा पढौ

अब मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने

सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् । तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज… पुरा पढौ

सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदै

विश्व चर्चित स्मार्टफोन निर्माता कम्पनी सामसडले छिट्टै फोल्डेबल स्मार्टफोन बजार ल्याउँदैछ ।यो स्मार्टफोनले सुचना प्रविधिको क्षेत्रमा ठुलो परिवर्तन ल्याउने कम्पनीले जनाएको ।यस फोनको विशेषताको बारेमा आगामि फ्रेब्रअरीमा ग्यालेक्सी एस १० सार्वजनिक गर्ने बेलामा जानकारी दिने अनुमान गरिएको छ । फोल्ःडेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुनेछ । यसमा ८ जिबी रयाम तथा १२८ जिबी स्टोरेज क्षमता हुनेछ ।यो फोनमा एक्जीनोस १८२० वा क्वालकोम ८५५ प्रोसेसर रहेछ ।सामसुङको फोल्डेबल स्मार्टफोनमा ७।३ इन्चको स्क्रिन हुनेछ ।उक्त स्मार्टफोनको बजार मूल्य १८ सय… पुरा पढौ

नेपाल टेलिकमले ल्यायो झकास अफर, यस्ता छन् आजैबाट सुचारु हुने सुविधाहरु

माघ २२, काठमाडौं | नेपाल टेलिकमले आफ्नो पन्ध्रौं बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा सुवीधाहरु ल्याएको छ | कम्पनीले आफ्ना ग्राहकको सुविधालाई  लक्षित गरि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेको हो | कम्पनीले आफ्नो वार्षिक उत्सबको अवसरमा सुचना प्रकासित गर्दै अफरहरु सार्वजनिक गरेको हो | कम्पनीले आज (माघ २२) देखि फागुन २२ गतेसम्म लागु हुनेगरी NT मोबाइल एप डाउनलोड तथा रजिस्टर्डमा निशुल्क १०० MB डाटा उपलब्ध गराएको छ | त्यस्तै GSM prepaid का ग्राहकहरुलाई रु ९ सयको प्याकेज मा प्रतिमहिना… पुरा पढौ