ताजा समाचार

खेलकुद

पर्वतमा कभर्ड हल बन्ने

पर्वत । पर्वतमा तेक्वान्दोको कभर्ड हल निर्माण हुने भएको छ । तेक्वान्दो संघ पर्वतको सक्रियतामा तीन सय जनाभन्दा बढी क्षमता भएको कभर्ड हल निर्माण हुन लागेको हो । ५० लाखको लागतमा निर्माण हुन लागेको उक्त हलको शिलान्यास गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङले जिल्लाले पछिल्लो समयमा खेलकुदमा प्रगित गरेको बताए । आगामी आठौ राष्ट्रिय खेलकुदमा जिल्लाबाट १५ जना खेलाडीहरु सहभागिताको लागि छनोट भएको बताउँदै गुरुङले खेलकुद क्षेत्रको विकासको लागि आफूले लागि परेको बताए । उनले जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा… पुरा पढौ

भुटानविरुद्ध नेपालको सानदार जीत

काठमाडौं । विराटनगरमा मंगलबारदेखि शुरु भएको महिला साफ च्याम्पिनसीप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जीत हात पारेको छ । भुटान सँग प्रतिसपर्धामा रहेको नेपालले ३–० को अन्तरले जीत हात पारेको हो । विराटनगरको सहिद रंगशालामा भएको खेलमा पहिलो हाफमा नेपालले २–० को अग्रता बनाएको थियो । भुटानविरुद्ध शुरुवात देखिनै आक्रम खेल खेलिरहेको नेपालले १३ औँ मिनेटमा मन्जली कुमारी योन्जनको गोलबाट अग्रता लिएको थियो । खेलको लगत्तै १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै अग्रता २–० बनाइएकी थिइन् । दास्रो हाफको… पुरा पढौ

रियल मड्रिडमा जिनेदिन जिदानको पुनरागमन

रियल मड्रिडले सान्टियागो सोलारीलाइ पदमुक्त गरी जिनेदिन जिदानलाइ नियुक्त गर्ने निर्णय गरेको छ। "रियल मड्रिड वोर्ड् अफ डिरेक्टरको आज सोमबार ११ मार्च, २०१९ को बैठकले सान्टियागो सोलारीको पहिलो टिम कोचको रुपमा रहेको अनुबन्धन समाप्त गर्ने निर्णय गरेको छ।" ''वोर्ड अफडिरेक्टरले रियल मड्रिडको नयाँ कोचको रुपमा तत्काल बाकिँ सिजनका लागि र अर्को तीन सिजन ३० जुन २०२२ सम्मको लागि जिनेदिन जिदानको नियुक्तिमा पनि सहमति गरेको छ।'' क्लबको आधिकारीक वेबसाइटमा प्रकाशित बयानमा भनिएको छ। जिदानले गत साल मे मा रियल छाड्नुपुर्व लगातार… पुरा पढौ

जिनेदिन जिदान रियल मड्रिड फर्कने सम्भावना

स्पेनिश मिडियाका मार्काका अनुसार रियल मड्रिडले जिनेदिन जिदानलाइ म्यानेजरको रुपमा नियुक्तिको घोषणा छिट्टै गर्ने सम्भावना रहेको छ। जिदानले गत साल मे मा रियल छाड्नुपुर्व लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएका थिए। जिदान पछि रियलको जिम्मेवारी स्पेनका पुर्व प्रशिक्षक जुलेन लोपेटेगुइले सम्हालेका थिए तर अक्टोबरमा उनलाइ क्लबले पदमुक्त गरेर सोलारिलाइ नयाँ म्यानेजरको रुपमा नियुक्त गरेको थियो। जिदान पहिलो पटक रियलको म्यानेजरको रुपमा जनवरी २०१६ मा नियुक्त्त भएका थिए र उनी तीन सिजन लगातार च्याम्पियन्स लिग जित्ने इतिहासकै पहिलो म्यानेजर बनेका… पुरा पढौ

म्यानचेस्टर युनाइटेडको खेल हेर्न पुगिन श्रृंखला पेरिस

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा च्याम्पियनस लिगको राउण्ड अफ सिक्स्टीन अन्तर्गत हिजो राति भएको म्यानचेस्टर युनाइटेडको खेल हेर्न पेरिस पुगेकी छन्। खेल हेर्ने अवसर मिलाइदिएकोमा फ्रान्स एम्बेसी प्रति आभारी भएको आफ्नो इन्स्टाग्राममा लेखेकि छन्। उनले म्यानचेस्टर युनाइटेडका भुतपुर्व म्यानेजर सर एलेक्स फर्गसन, खेलाडी पउल पोग्बा लगायत अन्य सँग खेल हेर्दा खिचिएका फोटो र भिडियोहरु आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । हिजोको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड विजयी भएको छ।   पिएसजीको घरेलु मैदानमा भएको… पुरा पढौ

वान डे सिरिजः खाता नखोल्दै भारतले गुमायो पहिलो विकेट!

काठमाडौं, फागुन २१ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतले खराब शुरुवात गरेको छ । उसले खाता नखोल्दै पहिलो ओभरको अन्तिम बलमै पहिलो विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा रोहित शर्मालाई शून्य रनमा गुमाएको हो । उनलाई पहिलो ओभरको अन्तिम बलमा प्याट कमिन्सले क्याच आउट गराए । आज भारतले टस हारेर ब्याटिङको मौका पाएको छ । भारतले पाँच खेलको सिरिजमा १—० ले अग्रता लिएको छ । आज भारत आफ्नो जित यात्रालाई कायम गर्न चाहन्छ । यस्तै, अष्ट्रेलिया पहिलो… पुरा पढौ

सेनाका कृष्णलाई प्रधानसेनापति म्याराथुनको उपाधि

काठमाडौं । ‘प्रधानसेनापति म्याराथुन दौड २०७५ ’को उपाधि नेपाली सेनाकै कृष्ण बस्नेतले हाँसिल गरेका छन् । सेना दिवसको अवसर पारेर शनिबार भएको ४२ दलशमव १ ९५ किलो मिटरको दौड २ घण्टा ४१ मिनटमा पुरा गर्दै सेनानी कृष्ण बस्नेतले प्रधानसेनापति म्याराथुन दौडको उपाधि जितेका हुन । बिजेता बस्नेतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले मेडल, कप, नगद १ लाख २५ हजार र पल्सर मोटर साइकलको साँचो हस्तान्तरण गर्नुभयो ।उक्त दौडमा राजन खत्री दोस्रो र नवराज साउद तेस्रो भएका थिए । त्यसैगरी २१ किलोमिटर महिला… पुरा पढौ

सन्दीपले दुई विकेट लिएपनि हार्‍यो लाहोर

१७ फागुन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग (पीएसएल) मा पराजित भएको छ । बिहीबार राति भएका खेलमा लाहोर कराँची किंग्ससँग पाँच विकेटले पराजित भएको हो । १३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कराँचीले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । कराँचीका लागि लिम लिभिङस्टोनले ३८ र इफितिखर अहमदले अविजित ३३ रन बनाए । लाहोरका लागि सन्दीपले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए । उनले आफ्नो चार ओभरमा १७ रन खर्चेर… पुरा पढौ

आठौं राष्ट्रिय खेलकुदका लागि पर्वतका ५ खेलाडी छनोट

शिला पाण्डे/ पर्वत । आठौ राष्ट्रिय खेलकुदका लागि पर्वतका ५ जना खेलाडी छनोट भएका छन् । तेक्वान्दो तर्फ गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा गोल्ड मेडल जित्दै ५ जना पर्वतबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भएका हुन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोपगतामा गणेश सिलवाल (६३केजी), इश्वर नेपाली (७४ केजी), लगन श्रेष्ठ (८० केजी), उत्तम मल्ल (८७केजी) र दिपक फगामी पुन (८७ पलस) मा गोल्ड मेडल जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका हुन् । त्यस्तै पर्वतको लागि तीन जनाले सिल्भल मेडल… पुरा पढौ

डीपीएल क्रिकेट : दुई पटकको विजेता धनगढी एक खेल पनि नजिती आउट

६ फागुन, काठमाडौं । दुई संस्करणको च्याम्पियन धनगढी स्टार्स यसवर्षको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा एक खेल नजिती बाहिरिएको छ । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेल पनि धनगढीले रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित हुँदै गुमाएपछि प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । मैदान ओसिलो भएका कारण सोमबार ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो । रुपन्देहीले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी १४… पुरा पढौ