ताजा समाचार

पर्यटन

पर्यटन पर्वद्धन गर्न घुम्टे र राम्चेढुङ्गा जोड्दै

वागलुङ । जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल घुम्टेको धुरीलाई पर्यटन प्रबद्धनसँग जोड्नको लागि राम्चेढुङ्गा पर्वद्धन गर्न शुरू गरिएकाे छ ।  उच्च पहाडी क्षेत्र मनोरम वातावरण, सुन्दर प्राकृतिक, दन्ते लहर झै हाँसेका दर्जनौं हिमालहरु र अग्ला पहाडले घेरीएको घुम्टेको काख राम्चेढुङ्गालाई घुम्टेसँग जोडेर विकास शुरू गरिएकाे हाे । जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियाबाट करिव दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने राम्चेढुङ्गा हालै पूर्वाधाहरु निर्माण गर्न थालिएको छ । जिल्लाको सबैभन्दा अग्लो पहाडको रुपमा चिनिएको घुम्टेको धूरी तथा त्यहाँ अवस्थीत सिद्ध भैरव मन्दिरको… पुरा पढौ

बागलुङका सोह्र होमस्टेले अनुदान पाउने (नाम सहित)

बागलुङ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा बागलुङबाट १६ घरवास (होमस्टे) छनोट भएका छन् । ग्रामीण पर्यटन प्रबद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले मन्त्रालयले गत पुस १४ गते आह्वान गरेको सूचना बमोजिम विभिन्न १६ घरवास अनुदानका लागि छनोट परेका हुन् । बागलुङका १९ घरवासले अनुदानका लागि प्रस्ताव पेश गरेका मन्त्रालयले जनाएको छ । बागलुङ नगरपालिकाको भकुण्डेमा रहेको अतिथि सत्कार होमस्टे, गलकोट नगरपालिकाको सिद्धस्थान सामुदायिक होमस्टे, ढोरपाटन नगरपालिकामा… पुरा पढौ

विहादीमा प्याराग्लाईडिङको सफल परिक्षण

पर्वतको विहादी गाँउपालिकामा पहिलोपटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । गाँउपालिका – ४ वहाकी लुरिङको डाँडामा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो । पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका बिवेक राना र गोले लामाको नेतृत्वमा आएका विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाँउपालिकाको आकाशमा प्याराग्लाईडिङ उडाएका हुन् । गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको ‘गाँउ पर्यटन प्रवद्र्धन’ कार्यक्रमको अवसरमा प्याराग्लाईडिङ उडान गरिएको हो । बिहादी गाउँपालिकाको–४ विहादीको लुरीङ र देउराली डाँडा देखी विहादी–३ रानिपानीमा रहेको ईमिचौर अवतरण गर्नको लागि… पुरा पढौ

प्याराग्लाइडिङका लागि बागलुङको बलेवा

  बागलुङ । प्याराग्लाइडिङका लागि पोखराको सरङ्कोटको विकल्प बागलुङको बलेवा हुने देखिएको छ ।गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । पोखराको भ्यालीलेक प्याराग्लाइडिङ कम्पनीका पाइलटले प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान गरेपछि सराङ्कोटको विकल्प बन्नसक्ने प्रतिक्रिया दिए । हावाको गति र मिलेको भूबनोटका कारण बलेवा क्षेत्र प्याराग्लाइडिङका… पुरा पढौ

हिउँले तानिए आन्तरिक पर्यटक

बागलुङ — शुक्रबार र शनिबार बागलुङमा परेको हिउँले आन्तरिक पर्यटकहरुको संख्यामा ह्वात्तै बृद्धि भयो । दुई साताअघि परेको हिउँ शनिबार फेरि परेपछि घोडाबाँधे, गाजा दह, तारखोला र पञ्चकोटमा सयौंको संख्यामा स्थानीयसँगै पर्यटक हिउँ खेल्न पुगेका थिए । हिउँ खेल्न छिमेकी जिल्ला पर्वतदेखि समेत आन्तरिक पर्यटकहरु बागलुङमा आइपुगेका थिए । पर्वतका उच्च पहाडी स्थानमा समेत हिउँ परेको थियो । लामो समयपछि तल्लो तहसम्म हिउँ परेपछि हिउँ खेल्नेहरु निकै उत्साही देखिएका थिए । स्थानीयका अनुसार यो क्षेत्रमा २०६३ पछि पहिलो पटक हिमपात भएको… पुरा पढौ

पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा अन्तरकृया

थम्मन थापा  गलकोट नगरपालिका ७ मल्मको पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा स्थलगत अवलोकन सम्पन्न भएको छ । जिल्लामा कृयाशिल पत्रकारहरु र राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका मल्मका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । पर्यटनको प्रचुर सम्भावना बोकेको उक्त स्थानमा आगामी दिनमा भौतिक पुर्वाधारको विकास सॅगै यसको चुनौति अवसर र सम्भावनाको विषयमा छलफल गरिएको थियो । सो अवसरमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको केन्द्रका अध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिनुभएको थियो । अध्यक्ष थापाले केन्द्रले पर्यटनको क्षेत्रमा गरेको प्रगतिको बारेमा समेत… पुरा पढौ

विहुँमा होमस्टेको उद्घाटन, नेचर र कल्चरको प्रर्वद्धनमा जोड दिन पर्यटन मन्त्रीको आग्रह

बागलुङ – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले देशको ‘नेचर र कल्चर’ लाई प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् । प्रकृतिले भरीपुर्ण रहेको नेपालमा कला र संकृति समेत कयौं रहेकाले तिनको प्रयोग गरेर आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्ने मन्त्रि लम्सालको बताए । बागलुङ काठेखोला गाउँपालिका ५ बिहुँमा शनिवारदेखि सञ्चालनमा आएको शिवधुरी सामुदायी घरबास (होमस्टे) को उद्घाटन गर्दै सो कुरा बताएका हुन् । आर्थिक बर्षको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमीकतामा राखेर ३ सय घरबास सञ्चालनमा ल्याउने तयारीमा… पुरा पढौ

पर्यटन प्रर्वद्धनका लागि काठेखोलामा चार जिल्लाका १९ पालिकाको बृहत सम्मेलन

बागलुङ । काठेखोला गाउँपालिकाको विहुँमा चार जिल्लाका १९ स्थानीय तहहरुको बृहत भेला हुने भएको छ । यही माघ १२ र १३ गते काठेखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रर्वद्धनको लागि बृहत भेला हुन लागेको हो । पुर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि सहकार्य कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । बागलुङका दश स्थानीय तहसहित म्याग्दीका तीन, पर्वतका तीन र गुल्मी जिल्लाका तीन वटा गाउँपालिका तथा नगरपालिका उक्त गोष्ठिमा सहभागी हुनेछन्… पुरा पढौ

विहुँमा पर्यटन मेलाको अन्तिम तयारी

काँठेखोला गाउँपालिका वडा ५ बिहुँ पोखरामा सरकारावालाहरु बीच पर्यटन प्रर्वद्धन र धार्मिक तीर्थस्थलहरुको विकास र सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ १२ र १३गते हुने रास्ट्रिय स्तरको पर्यटन मेलालाई सफल बनाउनको लागि उक्त भेलाको आयोजना भएको थियो । काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष शिव कडेंलले बिहुँ लगायत यस क्षेत्रहरु रहेका पर्यटकिय स्थलहरु धार्मिक पुरातात्त्विक बस्तुहरु धार्मिक तिर्थ स्थलहरुले र यस क्षेत्रको भौगोलिक विविधता विभिन्व जातजाति भाषा संस्कृति नै पर्टयटकहरुको मुख्य आकर्षको केन्द्र बन्ने बताएका छन् । सरोकावालाहरुको… पुरा पढौ

पोखरापछि कुश्मालाई पर्यटनको इपिसेन्टर बनाउने तयारीमा छौ -मन्त्री लम्साल

पर्वत/ गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत सदरमुकाम कुश्माबजारलाई पर्यटनको इपिसेन्टरको रुपमा विकास गरिने बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि सवैभन्दा नजिकको दुरिमा रहेको पर्वत सदरमुकाम पर्यटकीय सम्भावनाले पनि भरिपुर्ण रहेको र पोखराको बिकल्प दिने ठाउँ पर्वत बाहेक अरु नभएका कारण पर्वतलाई इपिसेन्टरको रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो । सोमवार विहान पर्वत सदरमुकाम कुश्माबजारमा रहेका मुलुककै अग्ला र लामा पुलको परिसरको अवलोकन तथा सरोकारवालाहरुसँगको छलफलमा मन्त्री लम्सालले अग्ला पुल, विश्वकै दोस्रो अग्लो बञ्जि जम्प,… पुरा पढौ