ताजा समाचार

पर्यटन

बागलुङको पर्यटन गुरुयोजना बनाउन बोर्डले सहयोग गर्ने

बागलुङ जिल्लाको पर्यटन विकास गुरुयोजना निर्माणको विषयमा नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया र बागलुङ पर्यटन विकास समितिका पदाधिकारीबीच छलफल भएको छ । मंगलबार बिहान बागलुङमा भएको छलफलमा बागलुङको पर्यटन विकासको गुरुयोजना निर्माण गर्न, पर्यटन प्रोफाईल तयार गर्न र पर्यटन सम्बन्धि तालिम सञ्चालन गर्न बोर्डले सहयोग गर्ने सहमति भएको छ । ‘यी तीन कार्यका लागि बोर्डको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रवन्धक थपलियाले गर्नुभएको छ,’ बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले भने, ‘त्यसका लागि हामीले प्रस्ताव पत्र… पुरा पढौ

पर्वतमा सडक महोत्सव गरिने

साजन परियार पर्वत ।  आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक विकासमा पर्यटनलाई जोड्न उद्देश्यका साथ प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । नयाँ वर्ष २०७६ को अवसरमा जेसिज पर्वतले जिल्ला सदरमुकाम कुश्मा बजारमा सडक खाना महोत्सव आयोजना गर्ने भएको हो । यहि चैत्र ३० देखि २०७६ बैशाख २ गतेसम्म महोत्सव आयोजना गरिने पत्रकार सम्मेलन मार्फत जेसिजले जानकारी दिएको छ । महोत्सवमा पर्यटक भित्राउन नेपाल पर्यटन बोर्ड, नेपाल सरकार पर्यटन मन्त्रालय, प्रदेश सरकार , उद्योग बाणिज्य महासंघ र जिल्लाका स्थानीय… पुरा पढौ

पर्यटन पर्वद्धन गर्न घुम्टे र राम्चेढुङ्गा जोड्दै

वागलुङ । जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल घुम्टेको धुरीलाई पर्यटन प्रबद्धनसँग जोड्नको लागि राम्चेढुङ्गा पर्वद्धन गर्न शुरू गरिएकाे छ ।  उच्च पहाडी क्षेत्र मनोरम वातावरण, सुन्दर प्राकृतिक, दन्ते लहर झै हाँसेका दर्जनौं हिमालहरु र अग्ला पहाडले घेरीएको घुम्टेको काख राम्चेढुङ्गालाई घुम्टेसँग जोडेर विकास शुरू गरिएकाे हाे । जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियाबाट करिव दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने राम्चेढुङ्गा हालै पूर्वाधाहरु निर्माण गर्न थालिएको छ । जिल्लाको सबैभन्दा अग्लो पहाडको रुपमा चिनिएको घुम्टेको धूरी तथा त्यहाँ अवस्थीत सिद्ध भैरव मन्दिरको… पुरा पढौ

बागलुङकाे पर्यटकीय गुरुयोजना घोषणापत्र जारी

बागलुङ । बागलुङमा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा लगायतका पर्यटकीय क्षेत्रहरुको विकास, विस्तार, संरक्षण तथा प्रचार प्रसार गर्नका लागि पर्यटन गुरुयाेजनाको घोषणा पत्र जारी भएको छ । आइतबार बागलुङमा भएको भेलाले उक्त घोषणापत्र जारी गरेको हो । बागलुङ पर्यटन विकास समितिको आयोजना तथा जिल्ला संमन्वय समितिको आयोजनामा जिल्लाको पर्यटक गुरुयोजना निर्माणको लागि सरोकारवाला निकाय बीच अन्तरक्रिया कार्यक्रम गरी बागलुङ पर्यटकीय गुरुयोजना घोषाणा गरिएको हो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटनबाटै समृद्धि… पुरा पढौ

भ्रमण वर्ष २०२० सफल बनाउन मन्त्री ज्ञवालीको आग्रह

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले ठुला पुर्वाधार तथा योजनाहरुमा निर्माणमा सरकारले ध्यान दिएको जानकारी गराउदै भ्रमण बर्ष सफल बनाउन आग्रह गरे । साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले बताए । कुटनितिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन ध्यान केन्द्रित गनु्पर्ने जोड दिए । पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पुर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । ट्रााभल हिमालय… पुरा पढौ

बागलुङका सोह्र होमस्टेले अनुदान पाउने (नाम सहित)

बागलुङ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा बागलुङबाट १६ घरवास (होमस्टे) छनोट भएका छन् । ग्रामीण पर्यटन प्रबद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले मन्त्रालयले गत पुस १४ गते आह्वान गरेको सूचना बमोजिम विभिन्न १६ घरवास अनुदानका लागि छनोट परेका हुन् । बागलुङका १९ घरवासले अनुदानका लागि प्रस्ताव पेश गरेका मन्त्रालयले जनाएको छ । बागलुङ नगरपालिकाको भकुण्डेमा रहेको अतिथि सत्कार होमस्टे, गलकोट नगरपालिकाको सिद्धस्थान सामुदायिक होमस्टे, ढोरपाटन नगरपालिकामा… पुरा पढौ

विहादीमा प्याराग्लाईडिङको सफल परिक्षण

पर्वतको विहादी गाँउपालिकामा पहिलोपटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । गाँउपालिका – ४ वहाकी लुरिङको डाँडामा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो । पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका बिवेक राना र गोले लामाको नेतृत्वमा आएका विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाँउपालिकाको आकाशमा प्याराग्लाईडिङ उडाएका हुन् । गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको ‘गाँउ पर्यटन प्रवद्र्धन’ कार्यक्रमको अवसरमा प्याराग्लाईडिङ उडान गरिएको हो । बिहादी गाउँपालिकाको–४ विहादीको लुरीङ र देउराली डाँडा देखी विहादी–३ रानिपानीमा रहेको ईमिचौर अवतरण गर्नको लागि… पुरा पढौ

हिउँले तानिए आन्तरिक पर्यटक

बागलुङ — शुक्रबार र शनिबार बागलुङमा परेको हिउँले आन्तरिक पर्यटकहरुको संख्यामा ह्वात्तै बृद्धि भयो । दुई साताअघि परेको हिउँ शनिबार फेरि परेपछि घोडाबाँधे, गाजा दह, तारखोला र पञ्चकोटमा सयौंको संख्यामा स्थानीयसँगै पर्यटक हिउँ खेल्न पुगेका थिए । हिउँ खेल्न छिमेकी जिल्ला पर्वतदेखि समेत आन्तरिक पर्यटकहरु बागलुङमा आइपुगेका थिए । पर्वतका उच्च पहाडी स्थानमा समेत हिउँ परेको थियो । लामो समयपछि तल्लो तहसम्म हिउँ परेपछि हिउँ खेल्नेहरु निकै उत्साही देखिएका थिए । स्थानीयका अनुसार यो क्षेत्रमा २०६३ पछि पहिलो पटक हिमपात भएको… पुरा पढौ

पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा अन्तरकृया

थम्मन थापा  गलकोट नगरपालिका ७ मल्मको पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा स्थलगत अवलोकन सम्पन्न भएको छ । जिल्लामा कृयाशिल पत्रकारहरु र राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका मल्मका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । पर्यटनको प्रचुर सम्भावना बोकेको उक्त स्थानमा आगामी दिनमा भौतिक पुर्वाधारको विकास सॅगै यसको चुनौति अवसर र सम्भावनाको विषयमा छलफल गरिएको थियो । सो अवसरमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको केन्द्रका अध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिनुभएको थियो । अध्यक्ष थापाले केन्द्रले पर्यटनको क्षेत्रमा गरेको प्रगतिको बारेमा समेत… पुरा पढौ

विहुँमा होमस्टेको उद्घाटन, नेचर र कल्चरको प्रर्वद्धनमा जोड दिन पर्यटन मन्त्रीको आग्रह

बागलुङ – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले देशको ‘नेचर र कल्चर’ लाई प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् । प्रकृतिले भरीपुर्ण रहेको नेपालमा कला र संकृति समेत कयौं रहेकाले तिनको प्रयोग गरेर आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्ने मन्त्रि लम्सालको बताए । बागलुङ काठेखोला गाउँपालिका ५ बिहुँमा शनिवारदेखि सञ्चालनमा आएको शिवधुरी सामुदायी घरबास (होमस्टे) को उद्घाटन गर्दै सो कुरा बताएका हुन् । आर्थिक बर्षको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमीकतामा राखेर ३ सय घरबास सञ्चालनमा ल्याउने तयारीमा… पुरा पढौ