३० बैशाख २०८२, मंगलवार

 

मानव अधिकार र निर्वाचन अन्तरक्रिया बागलुङमा सम्पन्न

‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान’ भन्ने मुल नारा साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा मानव अधिकार र निर्वाचन बिषयक अन्तरक्रिया कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।  प्रमुख निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बागलुङ जिल्लामा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको १० वटै निर्वाचन केन्द्रमा सबै कर्मचारी र मतपत्र मटपेटिका पुगिसकेको बताए ।
निर्वाचन आचार संहिता उलंघनका घटना निकै कम रहेको हुदा समस्या नरहेको बेलबासेले बताए । कार्यक्रममा समाजसेवी देबबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, पत्रकार बिजय रानाले चुनाव आफ्नो पक्षमा पार्न बोबाङमा ३ वटा भैंसी काटेको, सदरमुकाममा मोटर साईकल जुलुस निकालेको तर यसबारे निर्वाचन अधिकृतको कार्यालय चुपचाप रहेको बताए ।
चुनावमा पैसा बाड्ने काम हुने गरेको अहिले पनि चुनावमा एकजना प्रमुख उमेदवारको १ करोड भन्दा बढी खर्च हुने देखिएको धारणा राखेका थिए । कार्यक्रममा राजमोका जिल्ला सदस्य थानेश्वर सुवेदी, मानव अधिकार संगठनका जिल्ला अध्यक्ष अमर कार्की लगायतका बक्ताहरूले आफ्नो धारणा राखेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलका अध्यक्षता, सामुदायिक रेडियो प्रसारक संघ केन्द्रिय सदस्य गणेश श्रेष्ठको स्वागत र इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung