२९ बैशाख २०८२, सोमबार

 

जनक,सुरेन्द्र र लक्ष्मीको अग्रता कायमै

बागलुङ नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार जनक पौडेलले २१ सय ७८ मतका साथ अग्रता लिएका छन । त्यस्तै नेपाली काग्रेसबाट मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले १७ सय ७४ मत प्राप्त गरेका छन । त्यस्तैगरी उपमेयरका उम्मेदवार राप्रपाका सुरेन्द्र खड्काले २२ सय १० मतका साथ अगाडी छन भने नेपाली काग्रेसबाट शकुन्तला शर्माले १४ सय ८१ मत प्राप्त गरेकी छिन ।अहिले बानपा ३ को मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार वडा ३ को वडा अध्यक्षमा राजमोको अग्रता रहेको छ । जस्मा वडाअध्यक्षका उम्मेदवार राजमोबाट लक्ष्मी बास्कोटाले ८ सय ७४ मत प्राप्त गरेकी छन । त्यस्तै नेपाली काग्रेसबाट जीतबहादुर कार्कीले ६ सय १४ मत प्राप्त गरेका छन । नेकपा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रतन प्रसाद मलेपतिले ३ सय ९ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung