
बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लागूऔष प्रयोग र ओसार–पसारलाई नियन्त्रण गर्न मुख्य त तिन प्रयास आवश्यक रहेको बताएका छन् ।
धौलागिरी सञ्चार क्वल बागलुङले विहिबार बागलुङमा गरेको साक्षातकार कार्यक्रममा बोल्दै प्रजिअ तिवारीले पहिलो लागूऔषध आपूर्ती नियन्त्रण, दोस्रो माग तथा प्रयोगकर्ता घटाउने र तेस्रो कानुनी तथा स्वास्थ्य उपचारको बाटो अपनाउनुपर्ने बताए ।
आपूर्ती न्युनिकारणको लागि त्यसको ओसार पसार तथा विक्रि वितरणको बास्तविक अबस्था पहिचान गरि कारवाहि प्रक्रिया अघि बढाउने, माग घटाउन लागूऔषधको नकारात्मक असरको बारेमा जनचेतना अभिबृद्धि गर्नुपर्ने र लागूऔषधमा संलग्नलाई कानुनी कारवाही सँगै स्वास्थ्य उपचार तथा सुधारको कार्यलाई सँगसँगै लैजानुपर्ने बताए ।
यस्ता घटनामा संलग्नलाई कुलत छोडेर सामाजिक जीवनमा फर्काउन परिवार, समाज, सरोकारवाल सहित राज्यको समेत दाईत्व रहेको उनको भनाई थियो । पछिल्लो समय बागलुङमा ठुलो मात्रामा लागूऔषध सहित कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने घटना बढेको अबस्थामा पत्रकारले यसतर्फ प्रजिअको ध्यानाकर्षण गराएका थिए ।
लागूऔषध प्रयोगमा संलग्न भएको आशंकामा जेठ २३ गते प्रहरीले पक्रने क्रममा कालीगण्डकीमा हाम फालेका युवा सुनिल पुन बुधबारमात्र नदीमै मृत फेला परेका थिए । उनीसँग रहेका अरु दुई जनालाई लागूऔषध सहित प्रहरीले सोहि दिन पक्रेको थियो । पक्राउ परेका दुईजनको मोवाईल एसएमएसको आधारमा दुईदिनपछि बागलुङ बजारबाट एक भारतिय युवा लागूऔषध सहित पक्राउ परेका थिए ।
यि घटनाविच प्रजिअ तवारीले युवायुवती बढी लागूऔषध प्रयोगमा संलग्न देखिएको भन्दै समाज र विद्यालय स्तरमै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
यस विषयमा प्रहरीलेपनि थप सक्रियता सहित उच्च निगरानी र गम्भिर अनुसन्धान गरिरहेको उनको भनाई थियो । तिवारीले दूव्र्यशनीका घटना न्यूनिकरणको सन्दर्भमा केन्द्रिय कार्यक्रमपनि रहेको भन्दै मन्त्रालयसँगै समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
प्रजिअ तिवारीले नियमित बजार अनुगमन गरेर कालोबजारी न्युनिकराण गर्ने, मनपारी भाडा उठाउने लगायत यातायात क्षेत्रको समस्या समाधनको लागि सम्बन्धित कार्यालय र पक्षसँग समेत समन्वय गरेर अघि बढ्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सहज र सरल बनाउने आफ्नो प्रथमिकता रहेको बताए ।
कार्यक्रममा धौलागिरि संचार क्लबका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सदस्य प्रदिप पन्तको संचालन र अर्का सदस्य कोपिला कडेलको धन्यवाद मन्तब्य रहेको थियो ।
यसअघि नै स्थापित भएर क्रियाशिल भएपनि विचमा निष्क्रिय रहेको क्लवले अब प्रत्येक सातासमसामयिक बिषयमा सरोकारवालासँग नियमित रुपमा साक्षात्कार कार्यक्रम गर्ने संयोजक राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।