
बडिगाड गाउँपालिकाको भिमगिठेमा स्थानीय दलित महिलाको सक्रियतामा शिवालय मन्दिर निर्माण भएको छ । बडिगाडा गाउापालिका वडा नम्बर–७ तथा साविकको भिमगिठे–५ मा ३ लाख ९० हजारको लागतमा मन्दिर बनाईएको हो ।
मन्दिर निर्माणका लागि लक्षित बर्गका लागि छुटिएको ४० हजार मा महिलाहरुले जुटाएको र जनश्रमदान ३ लाख ५० हजार रुपैयाँ गरि जम्मा ३ लाख ९० हजार लागेको थियो ।
मन्दिरको उद्घाटन समाजिक अगुवा तथा दलित अधिकारकर्मी टिपुरे सुनारले एक कार्यक्रमका विच गरे । कार्यक्रमामा उनले संविधान र कानुनले जातिय बिभेद अन्त्य गरेको अबस्थामा पनि अझै समाजमा छुवाछुत कायमै गरेको भन्दै विभेद हटाउन सवै मिलेर अघि बढ्नुपर्ने बताए ।
उनले दलित समुदाय भित्र पनि विभेद रहेको बताए । ‘हामी भित्रैपनि अलि हुने खानेले गरिबलाई हेप्ने प्रवृत्ति छ, सुनारले भने, ‘दलित समुदाय मै एक अर्काविच विभेद हुनु दुखको कुरा हो, यसमा हामी पनि सचेत हुन आबश्यक छ ।’
नेपाली काङ्ग्रेसका हेमराज चालिसे, एमालेका कृष्ण भट्टराई र माओवादी केन्दका डोर बहादुर खड्का, खड्ग जयन्ती युवा कल्वका पुर्व अध्यक्ष चुरा केसी, युवा अगुवा दिनेश शर्मा लगायतले ठुलो रकम बराबारको श्रमदान गरि मन्दिर निर्माण भएको भन्दै स्थानीय दलित महिलाको सक्रियताको प्रशंसा गरे । सो अवसरमा मुर्तिमा प्राण प्रतिष्ठा स्थापना गरि मन्दिरमा राखिएको थियो ।
कार्यक्रममै आतिथीले २० हजार ३ सय ६ रुपैया मन्दिरलाई सहयोग प्रदान गरेका थिए । कार्यक्रम दलित महिला समुहकी अध्यक्ष तुल्सी बिकको अध्यक्षता, सदस्य बुद्ध बिकको स्वागत र पत्रकार बिमल खड्काको संचालनमा सम्पन्न भएको थियो ।