१ जेष्ठ २०८२, बिहीबार

 

बिवाहको बर्षगाँठ (मानव सेवामा पुग्यो तिवारीको मन) 

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले आफ्नो बिवाहको बर्षगाँठमा मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेका छन् । आफ्नो बिवाहको ५ औँ बर्षगाँठको अवसरमा तिवारी सहितले बागलुङ बजारमा रहेको मानव सेवा आश्रमलाई नगद सहयोग गरेका हुन् । तिवारीले २०६९ सालमा प्रतिभा अधिकारीसँग बिवाह गरेका थिए ।

तिवारीले मानव सेवा आश्रमका सञ्चालक सदस्य सुनिता श्रष्ठलाई १० हजार १० रुपैयाँ हस्तान्तरण गरे । जन्म दिन तथा बिवाहको बर्षगाँठमा आफुले यस्तै सहयोग गर्दै आएको उनले बताए ।

‘हाम्रो खुसिलाई हामीले मानविय सहयोगका लागि बाँड्न चाहान्छौँ, तिवारीले भने, ‘गरेको खर्च मानव हित हुने काममा उपयोग होस् भन्ने चाहना हो ।’

आफुहरुले गरेको सहयोगबाट मानव सेवा आश्रममा बस्नेहरुलाई सानो भएपनि सहयोग पुगोस् भन्ने चाहना रहेको तिवारी दपत्तिले बताए ।
मध्यविन्दु नगरपालिका–८ नवलपरासी स्थायी घर भएका तिवारी २०७३ साल मंसिरदेखि बागलुङको जनस्वास्थ्य प्रशासकको रुपमा काम गर्दै आएका छन् । उनी ४ बर्ष पहिले सरकारी सेवामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung