१ जेष्ठ २०८२, बिहीबार

 

नयाँ शक्तिले ग¥यो ३ नम्बर क्षेत्रमा चुनाबको समिक्षा

नयाँ शक्ति पार्टीले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा यस अघि भएको स्थानीय तह निर्वाचनको समिक्षा गरेको छ । क्षेत्रीय संयोजक कुशल बुढाको अध्यक्षतामा बुर्तिबाङमा बसेको बैठकमा स्थानीय तहका नेताले आफ्नो गाउँपालिकाको अवस्था बारे रिपोर्टिङ गरे ।

बैठकमा जिल्ला संयोजक चित्र सापकोटा प्रमुख अतिति थिए । ढोरपाटन नगरपालिकाबाट शंकरबहादुर कुँवर, निसीखोला गाउँपालिकाबाट डिलाराम रेग्मी र बडीगाड गाउपालिकाबाट पुनम श्रीषले आफ्नो तहमा चुनाबि गतिविधि र पार्टीको अवस्था बारे धारणा राखे ।

उनीहरुले पहिरो पटक भएकाले कतिपय स्थानमा पार्टीबाट उम्मेद्वार उठाएर प्रतिष्पर्धामा जानसक्नु नै महत्वपुर्ण उपलब्धि भएको बताए । संगठन विस्तार र पार्टीका नीति कार्याक्रम बारे तल्लो तहसम्म बुझाउनुपर्ने आबश्यकता रहेको औँल्याए ।

जिल्ला संयोजक सापकोटाले पार्टी स्थापनाको १ बर्ष भित्रै अन्य ठुला राजनितिक दलसँग प्रतिस्पर्धामा जानु नै ठुलो कुरा भएको बताए । उनले अबको राजनितिक कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै यो अभियानमा जुट्न सहभागीलाई आग्रह गरे ।

बैठकमा पार्टीको केन्द्रीय परिषद्ले गरेका निर्णय जानकारी गराउँदै आगामी रणनीतिका बारेमा समेत छलफल भएको क्षेत्रीय संयोजक कुशल बुढाले जानकारी दिए ।

अब हुने प्रदेश र केन्द्रको चुनावको तयारीमा जुट्ने निर्णय बैठकले गरेको छ । बैठकको सञ्चालन जिल्ला सदस्य मनोजकुमार विकले गरेका थिए । बैठकमा सहभागीलाई स्वागत ढोरपाटन नगरपालिका संयोजक टेकबहादुर कुँवरले गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung