
प्रधानमन्त्रि कृर्षि आधुनिकिकरण परियोजना अन्र्तगत गठित ढोरपाटन आलु पकेटक्षेत्र व्यवसायिक परीयोजनाको आईतबार उद्घाटन गरीएको छ । ढोरपाटन क्षेत्रमा उत्पादित आलुलाई थप व्यवस्थित ,ब्यबसायिक र बजारीकरण गर्ने उदेश्य सहि गत वर्ष जिल्ला कृर्षि बिकास कार्यलय बाग्लुङमा दर्ता भई यस बर्ष देखि आफनो कार्यक्रमलाई सुरुवात गरेको सँस्थाले हिँजो उद्घाटन सत्रका अवसरमा कृषक हकहित तथा सम्बोधन, आलुको मुल्य निर्धारण, बजारीकरण तथा परम्परागत कृर्षि प्रणालीलाई ब्यसायिक रुपमा अगाडि बढाउने लगाएतका बिषयलाई अगाडि सारेको छ ।
समितिका अध्यक्ष चिरन घर्तिमगरको अध्यक्षता रहेको कार्यक्रममा जेष्ठ नागरिक पुर्णबहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै ढोरपाटन सिकार आरक्ष प्रतिनिधि सागर सुबेदी, हुनमान ध्वज गुल्म नेपाली सेनाका प्रमुख अमरजँग थापा, ढोरपाटन नगरपालिका वडा नँ ७ का अध्यक्ष दिपक थापा, वडा नँ ८ का अध्यक्ष नन्दे सुनार लगाएतको आतिथ्यता रहेको कार्यक्रममा ढोरपाटन क्षेत्रमा उत्पादित आलुको मुल्य प्रति पाथि न्युनतम ८५ रुपैया बुर्तिबाङमाप्रति केजि ४० रुपैया मुल्य निर्धारण गरीएको छ ।
त्यस्तै दर्ता समिति बाहेकका व्यक्तिले आलु खरिद गरेर बजारसम्म ब्यापारका लागि लगेमा समितिलाई प्रति पाथि पाँच रुपैयाका दरले शुल्क तिर्नुपर्ने र उक्तसंकलित रकम किाशनको हक हितका लागि प्रयोग गर्ने, किसानलाई समय समयमा तालिमको ब्यबस्था गर्ने लगाएतका बिषयमा छलफल एवम निश्कर्ष तय गरीएको छ ।
त्यस्तै उक्त सँस्थाले वेरोजगारी अबस्थामा रहेका ढोरपाटन क्षेत्रका युवाहरुलाई संगठित गर्दे कृर्षि प्रणालीमा सरिक बनाउने अभियानमा जुट्ने प्रतिबद्धतासमेत ब्यतm गरीएको सँस्थाका अध्यक्ष चिरन घर्तिमगरले बताए ।आयोजित कार्यक्रम समिती सदस्य चिरनजिवी अदैको स्वागत समिति सचिव होमलाल भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।