३० बैशाख २०८२, मंगलवार

 

ताराखोला गाउपालिकाका जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना

ताराखोला गाउपालिकाका जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ। स्थानीय बिकास निर्माणको कार्यमा जनप्रतिनिधिहरुको ध्यान आकर्षण र बधाई कार्यक्रम गरिएको हो ।

गाउँ बिकासको लागि जनप्रतिनिधिहरुको भुमिका र ध्यान आकर्षण होस गाउपालिकाको बिकासको लागि प्रतिनिधिहरु ध्यान जाओस् भन्दै कार्यक्रम जुुल्फे सामुदायिक संस्थाले संचालन गरेकाे हाे ।

कार्यक्रममा ताराखोला गाउपालिकाका प्रमुख प्रकाश घर्तिले गाउँ गाउँमा आफ्नो सहयोग हुने र गाउँको बिकासको लागि आफ्नो योगदान रहने । बाचा गर्नुभएको छ।जुल्फे सामुदायिक महिला समूह,जुल्फे नात्य समूह , जुल्फे युवा क्लब , सिङ्जालिचोक नाङ्गी मोटर बाटो समितिको संयुक्त आयोजनामा गरिएको यो कार्यक्रममा ताराखोला गाउपालिकाका प्रमुख प्रकाश घर्ती,उपाध्यक्ष दिलकुमारी रोका,वडा न ५ का अध्यक्ष राम ब रोका, सामुदायिक रेडियोका संचालक समितिका अध्यक्ष रबिन घर्ती , मन्कली घर्ती , पुजा परियार र दिपक रोका सम्मानित भएका थिए । कार्यक्रममा संस्थाको बारेमा सचीव अलमाया घर्तीले जानाकारी गराएकि थिईन ।

कार्यक्रम संस्थाका अध्यक्ष कोपिला घर्तीको अध्यक्षता खेम पुन घर्तिको स्वागत र खगेन्द्र बिश्वोकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung