१ जेष्ठ २०८२, बिहीबार

 

चुनाव फेरि पनि नेताले मात्र जित्ने कि आम नागरिकले ? अधिकार जनता जनार्दनलाई ।

फेरि आयो चुनाव । नेताले गाउँ शहरको विकास गर्छु भनेर झुटो आस्वासन बाँड्ने मेसो । स्थानीय चुनाव भएको ६ महिना नपुग्दै प्रदेश र प्रतिनिधि सभाको चुनाव हुँदैछ । आगामी मंसिर १० र २१ गते दुई चारणमा ।

यो चुनावमा पनि कति नेताले भाषण र बोलीमा कुन कुन ठाउँ विकास गर्ने हुन् ? अब भीड नै सुरु हुन्छ गाउँ गाउँमा भाषण गर्दै भोट माग्न हिड्नेको । मलाई भोट हालेर जिताउनु मैले यो गर्छु उ गर्छु भनेर सकेजति आश्वासन बाँड्छन् ।

चुनाव आउँदा विकास गर्छु भन्ने सोच कहाँ बाट आउँदो हो नेताको ? जितेपछि पहिले भनेका सवै काम गरे विकासमा कायापलट नै हुन्छ । जसरी पनि चुनाव जित्ने र आफ्नो दूनो सोझाउने काममै लिप्त हुन्छन नेता । गरिब नागरिकको भोटलाई भ¥याङ बनाएर माथि पुगेपछि फेरि उनीहरुको मुख देख्न गाह्रो पर्छ ति नै भोट दिएका मतदातालाई । आफुलाई विजयी बनाउनाको निम्ति हरेक दुःखी गरिबको घर धाउँछन, विजयी हुन कुनै पनि कसर बाँकी राख्दैनन् ।

भोट माग्न अनेकौँ सपना देखाउँछन् । सकेजति आश्वासन दिन्छन् । मैले जितेँ भने घर घरमा धारो, बिजुली बत्ती, विद्यालय, स्वास्थ्य चौकी, सडक बनाउँछु भन्छन् । यस्ता प्रलोभन देखाएर सोझा नागरिकको अमुल्य भोट आफ्नो पोल्टामा पारेर जित्छन् । त्यसपछि सुरु हुन्छ उनीहरुको अवसरको दिन । जनताको विकासको कुरा त कहाँ हो कहाँ आफ्नो मुख समेत देखाउन आउँदैनन् ।

कहिले बन्छ घर नजिकमा धारो ? कहिले हट्ला गाग्री बोकेर पानी दिनुपर्ने बाध्यता ? कहिले होला गाउँको विद्यालय सुधार ? अनि गरिब बालबालिकाले पनि राम्रो शिक्षा पाउलान् । घर घरमा विजुली बत्ती झिलिमिली कहिले होला ? अनि कहिले स्वास्थ्य चौकीमा दिने सेवा भरपर्दो र स्तरीय होला ? सुत्केरी व्यथाले छट्पटाएकी गर्भवतीले ढुक्कसँग आफ्नो सन्तान जन्माउने अवस्था कहिले आउला ? कहिले गाउँमा सडक बाटो आउला र ति बुढा बा आमाको गाडी देखेर मर्ने रहर पुरा होला ?

यी र यस्ता हजारौँ प्रश्नले जेलिएको नागरिकको जीवनमा नेताले उत्साह भर्ने काम तिनै निर्वाचित प्रतिनिधिको हो । तर तिनले भोट माग्छन् । जित्छन् । अनि ठूलो घर बनाउँछन् । चिल्लो गाडी चढ्छन् । आफुदेखि नातागोता र आसेपासेसम्म सुविधा लिन्छन् । राज्य कोषको दोहन गर्छन् । बिडम्बना तिनलाई भोट हाल्ने निमुखा नागरिक जहाँको त्यहीँ हुन्छन् ।

नागरिकलाई देखाएका नाटकीय समाना कहिल्यै बिपना बन्दैनन् । यी सँधै सपनामै सिमित रहन्छन् । जनता हेरेको हेरेई । कहिले हो जनताको मागतर्फ नजर फर्काउने ? उनीहरुलाई अमुल्य मत दिएर जिताउने मतदाता पीडामा छन् । दुखमा छन् । आशामा छन् ।

उनीहरुका यी आशा र भारोसालाई मतपाएर जित्ने नेताले विश्वासमा बदल्नु पर्दैन ? आफ्ना मतदाताको समस्या समाधान गर्नुपर्दैन ? नागरिकको विकासको चाहना पुरा गर्नुपर्दैैन ? यी प्रश्नको चित्तबुझ्दो जवाफ ती नेताले कहिले दिने ? नागरिकको विकासको चाहना कहिले पुरा गर्ने ? नेताले विकास त गरेको गरेइछन् । तर आफ्नो र आसेपासेको ।

जितेर गाएपछि यिनले कसैलाई पनि चिन्दैनन । चिन्थे त जति बेला आफु भोट माग्न बस्ती बस्ती जाँदा । भोट माग्दा यि दुःखी, गरिब र बिरामीलाई समेत उनीहरुकै झुपडीमा पुगेर भेटे । मत मागे । भोट पाए । जितेर गए । अहिले ति गरिब भोक भोकै मरे पनि । बिरामी ओखतीमुलो नपाएर बिस्तरामै ओखती नपाएर छटपटिए पनि । ति नेताको आँखाले देख्दैन ।

अझ भनौँ भोट माग्नेबेला पैसा समेत दिन तयार हुने ति नेता अहिले राज्यको बजेट ल्याएर गाउँका आवश्यकता पुरा गर्न तयार छैनन् । हुँदैनन् । अब हामी मतदाता पनि यि कुराप्रति सचेत र सजग हुन आवश्यक छ । को ईमान्दार छ ? कस्ले हाम्रो काम गर्छ ? हाम्रो कुरा सुन्न र हाम्रा समस्या समाधान गर्न को तयार छ ? वस्तावमा जनताको सेवाक को हो ? हाम्रा मुद्धा कस्ले उठाएको छ ? हाम्रो पक्षमा को लडेको छ ? यि कुरा हामीले बुझेर मात्र भोट दिनुपर्छ ।

भएका उम्मेदवार मध्ये राम्रो मान्छेलाई छान्ने अधिकार हामीलाई छ । यो बेलामा हामी एक छाक मासुभात, एक वोतल रक्सी र दुईचार हजार पैसामा बिक्नु हुँदैन । उम्मेदवारको क्षमता, ईमान्दारीता, जनताप्रतिको सेवा भाव, उसको यस अघिको कार्यशैली जस्ता कुरालाई ध्यानमा राखेर मतदाताले आफुले भोट हाल्ने उम्मेदवार छान्नुपर्छ ।

अझ उसको पार्टीले उठाएका मुद्धा, पार्टीको नीति जस्ता कुरालाई पनि ध्यान दिएर भोट दिनुपर्छ । हाम्रो एक भोटले कुन नेताले हार्ने ? कस्ले जित्ने भन्ने कुराको निर्धारण हुन्छ । त्यसैले हामीले आफ्नो मताधिकारको ढुक्क भएर प्रयोग गर्नुपर्छ तर सचेततापूर्वक । उम्मेदवार छान्दा र भोट दिँदा समाज सेवाको भाव भएको, गाउँठाउँको विकास गर्ने, स्वच्छ छबि भएको नेतालाई छान्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।

समाजको सकरात्मक सुधार र परिवर्तनको लागि जसले योगदान दिएको छ । अझै थप योगदान गर्न सक्छ, त्यस्ता उम्मेदवारलाई हाम्रो अमुल्य भोट दिएर यी काम गर्न उनीहरुले हामतले म्याण्डेड दिनुपर्ने समय हो यो । जसरले आफ्नो गाउँ, समाज र क्षेत्रको लागि नेतृत्वदायि भूमिका बहन गर्छ, गरेको छ, त्यस्तो पात्र हामीले छान्नुपर्छ ।

जो व्याक्तिगत स्वार्थ भन्दामाथि उठेर समाज र जनताको हितमा काम गर्न सक्छ, उ नै हाम्रो बस्ताविक प्रतिनिधि हुनसक्छ । नागरिकको चाहना र आवश्यकता अनुरुप काम गर्न सक्ने, परिवर्तनशील सोच भएको सक्षम व्यक्ति छानौँ । हाम्रो अमुल्य भोट खेर नफालौँ ।

सहि पात्रलाई मतदान गरौँ । जनताको असल प्रतिनिधि छानौँ । यसैमा हामी सवैको भलाई हुनेछ । यि सवै कुराको निक्र्यौल गर्ने अधिकार जनता जनार्दनलाई आएको छ । आफ्नो मताधिकारको सदुपयोग गरौँ । ता कि आफ्नै निर्णयमा पछि पछुताउन नपरोस् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung