३१ बैशाख २०८२, बुधबार

 

चीनमा सी युग सुरू, के छ सी विचारधारामा ?

चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिंङको विचार धारा संविधानमा समोवेश गर्ने निर्णय गरेको छ । संविधानमा राष्ट्रपति सीलाई कम्युनिष्ट पार्टी संस्थापक माओत्से तुंङपछिका शक्तिशाली नेताको रुपमा चित्रित गरिएको छ । सन् २०१२ मा चीनका राष्ट्रपति बनेसँगै सत्तामा उनको पकड बढ्दै गयाे ।

१९ औँ महाधिवेसनको अन्तिम दिन समापन समारोहका बीच सीको विचारधारालाई विधानमा स्थापित गर्ने घोषणा गरिएको हो । ‘सी जिनपिङ विचारधारा पार्टीको एक निर्देशक सिद्दान्त बन्नुपर्छ भन्ने विषयमा कंग्रेस एकमत छ,’ पार्टीको एक वक्तव्यमा भनिएको छ । निकै कठोर मानिने चीनको संविधानमा नै उनको विचारधारा समावेश गर्ने निर्णय सर्वसम्मतबाट पारित हुनुलाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा निकै महत्वका साथ हेरिएको छ ।

बेजिङ्गमा एक हप्ता अघि सुरु भएको १९ औं महाधिवेशनमा अबको चीनको कार्यदिशा, अन्तराष्ट्रिय सम्बन्ध र नेतृत्वलगायतका विषयमा छलफल भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति सीले महाधिवेशनको पहिलो दिन तीन घण्टा लामो भाषण दिएका थिए । भाषणमा उनले नयाँ युगमा चीनको भुमिका, चीनको उपस्थिति र समाजवादको दर्शनका बारेमा व्याख्या गरेका थिए । उनले दिएको भाषणका बारेमा महाधिवेशनमा निक्कै लामा छलफल चल्यो । मिडियामा बहस छिडियो । अन्ततः यसलाई ‘सी थट’ कै रुपमा व्याख्या र विश्लेषण गरियो ।

यो भन्दाअघि पनि धेरै नेताका विचारहरु बाहिर आएका थिए । तर, ती विचारहरु छलफलमा सिमित भए । संस्थापक नेता माओ र अर्का प्रभावशाली नेता देंग ज़ियाओपिङका अलावा कसैको विचारलाई संविधानमा विचार धाराकै रुपमा समावेश गरिएको छैन । सीले प्रस्तुत गरेको नयाँ युगको समाजवादी अवधारणालाई चीनमा नयाँ रुपमा समाजवाद र सी युग सुरु भएको विश्लेषकहरुको भनाई छ ।

चीनमा कम्युनिष्टको शासन सुरू भएपछिकाे यो तेस्रो युग हो । पहिला युगमा संस्थापक नेता माओले गृह युद्धमा फसेको चीनलाई एक गरे ।  दोस्रो युगमा देंङ ज़ियाओपिंले शासनलाई व्यवस्थित र अनुशासित मात्र बनाएनन् अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्दै चीनको भिजिबिलिटीलार्इ स्थापित गरे । र र अब सीको विचारधारालाई तेस्रो युग भनेर व्याख्या र विश्लेषण गर्न सुरु भएको छ ।

के छ सीको विचारधारामा ? 

सी जिनपिङ विचारधारालाई नेताहरूले आफ्नो भाषणमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’ का रुपमा उल्लेख गरेका छन्। यसले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा माओ युग र देङ युगपछि शी युगको सुरुवातको संकेत गरेको छ ।

सीले आफ्नो विचारधारामा कम्युनिष्ट पार्टीको उपस्थिति, सक्रियता र सुदृढिकरणमा जो दिएका छन् । उनले आफ्नो भाषणमा समाज र राजनीतिका हरेक क्षेत्रमा पार्टीको नेतृत्वलाई सुनिश्चितता प्रदान गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।

सीले प्रस्तुत गरेको प्रतिवेदनमा १४ वटा प्रमुख सिद्दान्त रहेको बताएका थिए। जसमा ‘पूर्ण सुधार’, ‘विकासका नयाँ अवधारणा’, ‘मानवजाति र प्रकृतिको साझा भविष्य’, ‘सेनामाथि पार्टीको पूर्ण नियन्त्रण’, ‘एक राष्ट्र, दुई प्रणाली’ लगायतका विषय उल्लेख छन् ।

सीको विचारधारा बदलिँदो चिनियाँ सन्दर्भमा मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई लागु गर्ने प्रणाली भएको कम्युनिष्ट पार्टीका नेताहरुले बताए ।  सीले आफ्नो प्रतिवेदनमा पनि मार्क्सवाद–लेनिनवाद, माओ विचारधारा, देङ स्यायो पेङ सिद्दान्त, तीन प्रतिनिधित्वको सिद्दान्त र विकासबारे वैज्ञानिक दृष्टिलाई अझ सम्पन्न बनाउने उल्लेख गरेका छन् ।

त्यस्तै सीले २१ औँ शताब्दीको मध्यसम्ममा चीनलाई ‘महान आधुनिक र समाजवादी’ राष्ट्र बनाउने योजना पनि अघि सारेका छन् । यसका लागि उनले दुई चरणको लक्ष्य तय गरेका छन् । जसअनुसार, सन् २०३५ सम्म कम्युनिष्ट पार्टीले समाजवादी आधुनिकीकरणमा जोड दिने र सन् २०५० सम्ममा ‘समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, साँस्कृतिक रुपले विकसित, सामञ्जस्यपूर्ण र सुन्दर’ चीन बनाउने उनले बताएका छन् । यसका लागि सेनाको सुदृढीकरण, नवान्वेषण, आर्थिक विकास र कूटनीतिमा उनले विशेष जोड दिएका छन्। उनले भनेका छन्, ‘यो युगमा चीन विश्वको केन्द्र बन्दै जानेछ र चीनले मानवजातिका लागि थप योगदान दिँदै जानेछ ।’

सी जिनपिङ माओपछिकै ‘शक्तिशाली नेता’

राष्ट्रपति सी चीनलाई थप एकढिक्का, समृद्ध र अनुशासित बनाउन सफल –

चीनको सत्तासीन कम्युनिस्ट पार्टीले राष्ट्र«पति सी जिनपिङलाई पार्टीको विधानमा माओत्सेतुङसरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको आदर्श’ भन्ने नारा समावेश गरेको छ । विधानमा राष्ट्रपति सीको नाम राख्ने विषयमा सर्वसम्मत निर्णय भएको थियो ।

पार्टी विधान संशोधन गरी राष्ट्रपति सीको नाम रहनुको अर्थ सी जिनपिङमाथि आउन सक्ने चुनौती समग्र कम्युनिस्ट पार्टीकै चुनौती मानिनेछ ।

सर्वसम्मत संशोधन
सन् २०१२ मा चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि सी जिनपिङ निरन्तर रूपमा शक्तिमा आफ्नो पकड कायम राख्दै आएका छन् । बेइजिङको ग्रेट हल अफ चाइनामा भेला भएका दुई हजारभन्दा बढी प्रतिनिधिले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी जिनपिङको आदर्श’ स्थापित गर्न सफल भएका छन् । विधानमा सी जिनपिङको नाम राख्ने विषयमा प्रतिनिधिहरूको विरोध छ वा छैन भनेर सोधिएको थियो । त्यसपछि प्रतिनिधिहरूले चर्को आवाजमा ‘छैन’ भनेका थिए । चीनमा अहिलेसम्म यस्तो सम्मान कम्युनिस्ट पार्टीका संस्थापक नेता माओ र सन् १९८० को दशकमा चीनका आर्थिक सुधारक देङ सिआओपिङलाई मात्रै दिइएको थियो । मृत्युपछि देङको नाम संविधानमा उल्लेख गरिएको थियो ।

अब चीनका स्कुल तथा कलेजका विद्यार्थी र राज्यका कारखानाहरूका कर्मचारी ‘नयाँ युगको चिनियाँ विशेषतासहितको समाजबादबारे सी जिनपिङको विचारधारा पढ्न’ चिनियाँ कम्युनिस्ट पार्टीका नौ करोड कार्यकर्तासँग सहभागी हुनेछन् ।

चीनका तीन अध्याय
सी जिनपिङको नयाँ युगलाई आधुनिक चीनको तेस्रो अध्यायको रूपमा लिइन्छ । पहिलो अध्यायअन्तर्गत गृहयुद्धले तहसनहस पारेको चीनलाई माओले एकढिक्का बनाएका थिए भने दोस्रो अध्यायमा देङ सिआओपिङको नेतृत्वमा चीन समृद्ध भएको थियो ।
तेस्रो अध्यायअन्तर्गतको ‘नयाँ युगमा’ राष्ट्रपति सीले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशलाई अनुशासित बनाएका छन् भने देशबाहिर चीनलाई सशक्त रूपमा प्रतिनिधित्व गरेका छन् ।

सरसर्ती हेर्दा सी जिनपिङको आदर्श अस्पष्ट वाकपटुताजस्तो देखिन्छ । तर, गहन रूपमा अध्ययन गर्दा यसले राष्ट्रपति सीले निरन्तर रूपमा आफ्नो शासनकालमा ग्रहण गरेको कम्युनिस्ट आदर्श जनाउँछ ।चिन्तनका १४ मुख्य सिद्धान्तहरूले देशको हरेक पक्षलाई शासन गर्न कम्युनिस्ट पार्टीको भूमिकामा जोड दिन्छ । त्यस्तै, सिद्धान्तमा पूर्ण र गहिरो सुधार तथा नयाँ विकसित सोचका लागि आह्वान गरिएको छ । अर्को एक सिद्धान्तमा मानिस र प्रकृतिबीच मैत्रीपूर्ण व्यवहारका लागि प्रतिज्ञा गर्दै वातावरण संरक्षणका लागि आह्वान गरिएको छ । जनमुक्ति सेनामाथि पार्टीको पूर्ण नियन्त्रणमा समेत सिद्धान्तमा जोड दिइएको छ ।

महाधिवेशनमा के भइरहेको छ ?
कम्युनिस्ट पार्टीको महाधिवेशनलाई चीनको सर्वाधिक महत्वपूर्ण भेला मानिन्छ । एक साताभन्दा बढी अवधि चलेको महाधिवेशनमा पार्टीका प्रान्तीय प्रमुख, गभर्नर र राज्यको स्वामित्वमा रहेका केही उद्यमी चयन भएका छन् । मंगलबार केन्द्रीय समिति र अनुशासन जाँचको केन्द्रीय आयोगलगायतका उच्च निकायको टुंगो लागेको छ । बुधबार नयाँ केन्द्रीय कमिटीले पार्टीको उच्च निकाय पोलिटब्युरो सदस्यहरूबारे निर्णय गर्नेछ । एजेन्सी/नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung