२९ बैशाख २०८२, सोमबार

 

  म्याग्दीमा थालियो वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिन

जलजला गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय भएको हो । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासीकको सामाजिक सुरक्षा भत्ता यसैहप्ता भित्र वितरण गरिने भएको छ ।

गाउँपालिकाको खातामा आवश्यक भन्दा रकम रकम आएकाले दसै अघिनै वितरण गरिनुपर्नेमा बितरण हुन सकेको थिएन । बैङ्कमा पठाउनुपर्ने रकम वडालाई निकासा गरि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रवत्ता तथा ३ नम्बर वडाका अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिए ।

आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले भण्डारीलाई प्रवत्तामा नियुक्त गर्ने निर्णय गरेको हो । प्रवत्ता भण्डारीका अनुसार अपाङ्गता भएका र असाहयहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । ९ वटै वडालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि रकम निकासा गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताए ।

बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, नाग्लीवाङ र बनौका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा आउँदा दुख र झञ्जट भएको थियो । बेनी आउँदा र जाँदा पाउने सामाजिक सुरक्षा भत्ता बराबरको खर्च गर्नुपर्ने अवस्था थियो । गाउँपालीकाले वडाबाटै भत्ता वितरण गर्ने निर्णयले लाभग्राहीलाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung