३२ असार २०८२, बुधबार

 

पत्रकार डुम्रेको रिहाईको माग

बुटवलमा वामगठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनबाट गिरफ्तार गरिएका पत्रकार प्रकाश डुम्रेमाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा लगाएको छ ।
गर्जन पोष्ट साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य डुम्रेलाई यस्तो मुद्धा लगाईएकोमा पत्रकार महासंघ तथा मानव अधिकारकर्मीले आपक्ति जनाएका छन् ।

उनीहरुले तत्काल रिहाईको माग गरेका छन् । झुठा मुद्धा लगाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको उनीहरुले बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले विनाशर्त रिहाईको माग गरेका छन् ।

एमाले र माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा आयोजना गरेको समंयुक्त पत्रकार सम्मलेनको रिपोर्टिङका लागि पुगेका पत्रकार डुम्रेलाई प्रहरीले मंसिर ५ गते पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको थियो ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेको छ ।संगठनका अध्यक्ष प्रभात चलाउनेले इमान्दार मिडियासंग कुरा गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको बताएको छन ।

प्रहरीले पत्रकारहरुलाई गिरफ्तार गर्ने, घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्य तीब्र पारेको भन्दै उनले राज्यको त्यस प्रकारको ज्यादतीको बिरोध गरेका छन् । ‘संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नपर्ने सरकारले उल्टै कुल्चदै हिड्नु निन्दनीय छ।’ अध्यक्ष चलाउनेले भने, ‘नाम नै संकलन गरेर माथिको आदेश भन्दै पत्रकारहरूलाई कार्यकक्ष र कार्यक्षेत्रबाटै गिरफ्तार गर्नु भनेको आम प्रेस जगतमाथिको हमला हो ।’

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सचिव समेत रहेका अध्यक्ष चलाउनेले डुम्रेसहित गिरफ्तार गरिएका सबै पत्रकारहरुको स–सम्मान रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung