
सुआहार परियोजनाको आयोजना बागलुङ नगरपालिका–११ रायडाडामा विपत जोखिम क्षमता विश्लेषण तथा योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । गत मंसिर २० गतेबाट सुरु भएको कार्यक्रम आईतबार सम्पन भएको हो । ११ दिनसम्म संचालन भएको कर्यक्रममा समुदाय स्तरको विपद व्यवस्थपन समिति गठन, विपत व्यवस्थापन र जलवयु परिवर्तन सम्बन्धी जानकारी तथा वडाका टोलटोलमा विपत जोखिम आकलन गरिएको थियो । आईतबार वडाका सबै टोलबाट आएको जोखिमहरुलाई व्यवस्थापन गर्न स्थानीय वडा स्तरको विपद व्यवस्थापन योजना निमार्ण गरिएको छ ।
११ दिनसम्म संचालन भएको कार्यक्रमको सहजिकरण विजय विकले गरेका थिए । बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सुआहार कार्यक्रम घरयासी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत गुणकुमार श्रेष्ठले सुआहारा परियोजनाले संचालन गरेका कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रम वडा सचिव नारायण पौडेलको स्वागत र संचालन कार्यक्रमका फिल्ड सुपरभाईजर रेशम नेपालीले गरेका थिए ।