३२ असार २०८२, बुधबार

 

खानेपानीको २ हजार मिटर पाईप सयौ टुक्रा

बागलुङ नगरपालिका –४ र ५ को सिमाना भएर बग्ने पाग्रेखोला स्थीत भुतेको छहरो पानी विवादले उग्ररुप लिन थालेको छ । बागलुङ नगरपालिका–४ कुडुुले छापका १ सय ९ परिवार र बागलुङ नगरपालिका ५ बान्द्रका करिब १ दर्जन घर परिवार लाई खानेपानीको आपुर्तिको लागि पाईप गाडे पछि र बागलुङ नगरपालिका–४ फेदीका स्थानीय बिच विवाद भएको हो ।

फेदीका स्थानीयले परापुर्वकालदेखि सिचाईमा प्रयोग गर्दै आएको पानी अन्यत्र लैजान नहुने भन्दै विरोध गरेका हुन भने छाप र बान्द्रका स्थानीयले आफुहरु एउदै वडाको वासिन्दा भएको तथा पहिलेदेखिनै प्रयोग गर्दै आएको पानी प्रयोग गर्न आफुहरुको समान हैसियत भएको अडान दिलै आएका छन् ।

स्थानीय बिच विवाद भएपछि बागलुङ नगरपालिकाको न्यायिक समितिको रोहोबरमा छलफल भए अनुसार खानेपानीका लागि शुक्रबार गाढिएको १५ सयम मिटर पाईप राती काटिएपछि विवादले उग्ररुप लिएको । न्यायिक समितिको निर्णय आनुसार गाडिएको पाईप फेदीका स्थानीयले रातारात टुक्रा टुक्रा पारेर अमानविय व्यवहार देखाएको खानेपानी उपभोक्ता समिति कुडुलेका अध्यक्ष विवेक हमालले आरोप लगाए ।

फेदीवासीले आफुहरुले पहिलेदेखि प्रयोग गर्दै आएको पानी अन्यत्रै लैजादा अपुग हुने भएकोले आफुहरुलेनै प्रयोग गर्न पाउनुपर्ने अढान लिएका छन् । यस अघि आफुहरुले पटक पटक विरोध जनाए पनि विरोधको सुनुवाई नभएकोले पाईप निकालेको बताएका छन् । सो पानीको मुहानको विषयमा यस अघि अदालतमा समेत मुद्धा परि फैसाल भएको स्थानीयले बताएका छन् ।

यस्तै बागलुङ नगरपालिका ५ तल्लो बान्द्रेका स्थानीयले समेत आफुहरुले खानेपानीको लागि हालेको पाईप फेदीक स्थानीयले पटक पटक काट्ने तथा फाल्ने काम गरेको रुद्रप्रसाद शर्माले बताए । लामो समयदेखि विवादित विषय समाधान गर्न गठित विवाद समाधान समितिले तत्कलको लागि खोलाबाट २५ एम एमको पाईमा छापामा र १६ एम एमको पाईप मार्फत बागलुङ नगरपालिका–५ को बान्द्रेमा खानेपानी लाने निर्याण गरेको थियो ।

विवाद समाधानको लागि वडा नम्बर ४ का अध्यक्ष धु्रबबहादुर केसी संयोजकत्वको समितिले विवाद समाधानको प्रयास गरिरहेको अध्यक्ष केसीले बताए । पानीको समस्या भएको स्थानमा खानेपानी पु¥याउने नगरपालिकाको कर्तव्य भएकोले नगरपालिकाले गरेको निर्णय कार्यन्वयन हुनुपर्ने बागलुङ नगरपालिका का उपमेयर तथा न्यायिक समितिका संयोजक सुरेन्द्र खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung