
जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण गरेका थिए ।
तालिममा सहभागिहरुले कम खर्चीलो भू–संरक्षण प्रविधि मार्फत भूक्षय नियन्त्रण गर्न सकिने उपायको बारेमा अभ्यास गर्न बेनीको क्याम्पसचोक नजिकै संरचना समेत बनाएका छन् ।