२४ असार २०८२, मंगलवार

 

जिल्ला शिक्षा अधिकारी पौडेलको टोलीद्धारा विद्यालय अनुगमन

जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल सहितको टोलीले बुधबार ढोरपाटन नगरपालिकाको–४ हुन्द्रफेदीमा रहेको प्रकाश माध्यमिक विद्यालयको अनुगमन गरेको छ । जिल्ला शिक्षा अधिकारी पौडेल सहित सहायक जिल्ला शिक्षा अधिकारी कुश्माराज उपाध्याय, लेखा अधिकृत कृष्णप्रसाद आचार्य साखा अधिकृत सरितादेवी शर्मा प्राविधिक जयनाथ यादव, वडा नम्बर ४ का अध्यक्ष तिलक पुन, जिल्ला समन्वय समिति बागलुङका सदस्य ताराकुमारी पुन सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जिल्ला शिक्षा अधिकारी पौडेलले सिमीत स्रोत र साधनका बाबजुत पनि दुर्गमका विद्यालयमध्य यो विद्यालयमा शैक्षिक उपलब्धी व्यवस्थापकिय पक्ष शैक्षिक सामाग्रीको प्रयोगको अवस्था राम्रो रहेको पाइएको बताए । कक्षाकोठामा राखिएका शैक्षिक सामाग्री, स्थानिय शैक्षिक सामाग्री निर्माणमा, शिक्षक विद्यार्थी दुबैको सक्रिय सहभागिता रहेको पाइएको पौडेलले बताए ।

विद्यालयमा विज्ञान प्रयोगशाला कम्प्युटर ल्याव र पुस्ताकालयको प्रयोगको अवस्था पनि राम्रो रहेको अनुगमन टोलिले जनाएको छ । दुर्गममा रहेर पनि यो विद्यालयले राम्रो शैक्षिक सफलता प्राप्त गरेको र जिल्लामा पनि यो उत्कृष्ट विद्यालयमा रहन सक्ने अनुगमनमा सहभागिले बताए ।

यस्तै अनुगमनका क्रममा विद्यालयको २ कोठे भवन साधन स्रोतको व्यवस्थापन गरी मर्मत गर्नुपर्ने देखिएको, विद्यार्थी संङ्ख्या अनुसार थप कक्षाकोठा निर्माणका लागि पहल गर्नुपर्ने साथै इन्टरनेट जडानका लागि पनि पहल गर्नुपर्ने अवस्था देखिएको अनुगमन टोलीले जनाएको छ । खेलमैदानको उचित व्यवस्थापन गर्दै विद्यालय हाताको सरसफाईमा पनि ध्यान दिन जिशिअ पौडेलले निर्देशन दिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर थापाले विद्यालयमा शिक्षक दरबन्दी कम भएका कारण समस्या भएकोले दरबन्दी मिलान गर्न आग्रह गरेका हुन । थापाले विद्यालयमा पछिल्लो समय विद्यार्थी संङ्ख्या निरन्तर वृद्धि भइरहेको र विद्यालयमा ४ कोठे भवन आवश्यक रहेकोले त्यसका लागि पहल गरिदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung